Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

वाईसीएल इन्चार्ज दीपशिखाको चेतावनीः ‘महेश बस्नेतहरूले धेरै चुरीफुरी गर्नु पर्दैन, पहिले आउँदो चुनाव जितेर देखाउ’

वाईसीएल इन्चार्ज दीपशिखाको चेतावनीः ‘महेश बस्नेतहरूले धेरै चुरीफुरी गर्नु पर्दैन, पहिले आउँदो चुनाव जितेर देखाउ’

images

इच्छाकामना न्युज

१९, भाद्र २०७८
वाईसीएल इन्चार्ज दीपशिखाको चेतावनीः ‘महेश बस्नेतहरूले धेरै चुरीफुरी गर्नु पर्दैन, पहिले आउँदो चुनाव जितेर देखाउ’
images

कुरिनटार, १९ भदौ । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् । वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् ।

वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाको भनाइ थियो । 

वाईसीएल सहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय  र पुनः मुलुकको पहिलो सङ्गठन बनाइने दाबी गर्दै उनले महेश बस्नेतहरूलाई चुरीफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चेतावनी दिए । " समाजको हर क्षेत्रका उत्कृष्टहरूलाई वाईसीएलमा ल्याइने भन्दै उनले अगाडी भने " एउटा राम्रो खेलाडी, राम्रो कलाकार , उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाईसीएल बन्न लामो समय कुरेर क्रियाशील भइरहन जरुरी हुन्न। राष्ट्रको योगदान दिने हरेक व्यक्ति वाईसीएलको सदस्य हुने हक स्वतः राख्छ ।" 

अखिल(क्रान्तिकारी)का उपमहासचिव जपी मैनाली  सहित वाइसियलका निवर्तमान सचिव द्वय दिवस पाण्डे र केयर सिंह कुवर , लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, नेताहरु सन्तोष पनेरु, साजन अधिकारी , तथा अखिल(क्रान्तिकारी) नेताहरु बसन्त आचार्य र अविनाश रम्तेलले शुभकामना मन्तव्य राखेको इच्छाकमना भेलाले वाईसीएल अध्यक्षमा झलक गुरुङ र अखिल(क्रान्तिकारी) अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वाचित गरेको छ । 

कार्यक्रममा  नेपाली काँग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका साठी विभिन्न व्यक्तिहरूलाई माओवादी (केन्द्रका) केन्द्रीय सदस्य समेत रहेका रामप्रसाद सापकोटाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - २२:०५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology