Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेनिघाट रोराङ सहित धादिङका १०४ वटा वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

बेनिघाट रोराङ सहित धादिङका १०४ वटा वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

इच्छाकामना न्युज

२१, भाद्र २०७८
बेनिघाट रोराङ सहित धादिङका १०४ वटा वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

धादिङ, २१ भदौ । नेपाली कांग्रेसले आज धादिङका १०४ वटै वडाहरुमा वडा अधिवेशन गर्दैछ उक्त वडा अधिवेसनमा कांग्रेस धादिङका १५ हजार ७ सय ८८ जना क्रियाशिल सदस्यले भाग लिदै छन् ।

images

नेपाली कांग्रेस धादिङको आज हुने १०४ वटै वडा अधिवेशनबाट २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् ।

कांग्रेस धादिङबाट ५० जना संघीय महाधिवेशन प्रतिनीधिहरु छनौट हुनेछन् । प्रदेश अधिवेशनका लागि धादिङबाट ६८ जना प्रदेश अधिवेशन प्रतिनिधि जानेछन् । संघीय महाधिवेशन प्रतिनिधि स्वतः प्रदेश महाधिवेशन प्रतिनिधि हुने भएकाले प्रदेश महाधिवेशन प्रतिनिधिको संख्या १ सय १८ छ । यो अधिवेशनबाट ४ वटा प्रदेश कार्यसमिति, २ वटा संघीय क्षेत्र कार्यसमिति र एउटा जिल्ला कार्यसमिति चयन हुनेछ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश अधिवेशनका लागि धादिङ जिल्लाको ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट तपसिल बमोजिमको प्रदेश अधिवेशन प्रतिनिधि छनौट हुनेछन् ।
धादिङ क्षेत्र न. १(क)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ महिला सहित २ जना
३. आदिवासी जनजाती तर्फ १ महिला सहित ३ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. १(ख)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ महिला सहित २ जना
३. आदिवासी जनजाती तर्फ १ महिला सहित ३ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. २(क)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ महिला सहित २ जना
३. आदिवासी जनजाती तर्फ १ महिला सहित ३ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. २(ख)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ जना
३. आदिवासी जनजाती तर्फ २ महिला सहित ४ जना
४. दलित तर्फ १ जना

धादिङ जिल्लाबाट तपसिल बमोजिमको केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट हुनेछन् ।
धादिङ क्षेत्र न. १
१. खुल्ला तर्फ ४ महिला सहित १४ जना
२. खस आर्य तर्फ २ महिला सहित ४ जना
३. आदिवासी जनजाती तर्फ २ महिला सहित ५ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. २
१. खुल्ला तर्फ ४ महिला सहित १४ जना
२. खस आर्य तर्फ १ महिला सहित ३ जना
३. आदिवासी जनजाती तर्फ ३ महिला सहित ६ जना
४. दलित तर्फ १ जना

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - ०७:५५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology