देवघाट, २२ भदौ । लियो क्लब अफ देवघाट चौतारी र लियो क्लब अफ माउन्ट एभरेस्टको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका १ देवघाट चितवनमा आज तिज उत्सव र भोक राहत कार्यक्रम सम्पन्न भएको छ। महिलाहरूको महान पर्व हरितालिका तिजलाई मध्येनजर गर्दै सञ्चालन गरिएको सो कार्यक्रममा देवघाट चितवन स्थित देवघाट एन. आर. एन. वृद्धाश्रममा गरिएको हो।
आज भदौ २२ गते मंगलबार बुवाको मुख हेर्ने दिन र महिला दिदीबहिनी हरूको महान पर्वहरितालिका तिज पनि नजिकिँदै आइरहेको हुदाँ तिज उत्सव र भोक राहत कार्यक्रमको आयोजना गरिएको लियो क्लव अफ चितवन माउन्ट एभरेस्टका अध्यक्ष सन्तोष श्रेष्ठले बताए।
कयौ वर्षदेखि आफ्नो छोराछोरीबाट टाढा बसोबास गर्दै आइरहनु भएका वृद्वा बुवाआमाहरूलाई कुसे औँसी आजको दिन केही क्षण भएपनि उनीहरूसँग मनोरञ्जन गर्दै गराउदैँ कार्यक्रम गरिएको श्रेष्ठले बताएका थिए।
कार्यक्रममा सोही वृद्वाश्रमका सञ्चालन समिति तोय नारायण पौडेलले जीवनको उत्तरार्धमा मनमा सुख शान्ति लिने बेलामा घरमा छोराछोराछोरी, बुहारी नातिनातिनाको पुस्तान्तरणले कुरा नमिलि अप्रत्यक्ष प्रताडित, हेलत्व, मानमर्दन भई समुचित आहार, स्याहारसुसार पाउन असर्मथ आफन्तको अभावमा मन खिन्न पारी आफु अनुकूल व्यवहार गर्न नसकेकालाई सहजीकरण गर्ने उद्देश्यले सुविधा सम्पन्न उक्त आश्रममा बस्ने जेष्ठ नागरिकलाई हीनताबोध नहोस्, उनीहरूको पनि वृद्धाश्रममा सहभागीता होस् र आफ्नै घरमा बसेको अनुभूति होस् भन्ने अभिप्रायले हाल नेपाल सरकारबाट ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताले पुग्ने गरि बार्षिक सेवा शुल्क दानको अपेक्षा गरेको बताएका छन्।
कार्यक्रम लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष आत्माराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। भने कार्यक्रममा लियो क्लब अफ देवघाट चौतारी र लियो क्लब अफ माउन्ट एभरेस्टका विभिन्न पदाधिकारीहरू उपस्थिति रहेका थिए ।