Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखा गण्डकी गाउँपालिका सिउरेनीटारका माझी त्रिशुलीमा बेपत्ता

गोरखा गण्डकी गाउँपालिका सिउरेनीटारका माझी त्रिशुलीमा बेपत्ता

इच्छाकामना न्युज

२२, भाद्र २०७८
गोरखा गण्डकी गाउँपालिका सिउरेनीटारका माझी त्रिशुलीमा बेपत्ता
images

गोरखा, २२ भदौ । गोरखा सिउरेनीटारका भक्तबहादुर माझी दुईदिनदेखि त्रिशुलीमा बेपत्ता भएका छन् ।

images
images

मंगलबार दिउसो चार बजेतिर बाँदरेमा घाँस काट्न गएका गण्डकी गाउँपालिका ८ सिउरेनीटारका ६५ बर्षका माझी दुईदिनदेखि नफर्केको पारिवारिक स्रोत उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

‘उनका आफन्त, छरछिमेक र प्रहरीले संयुक्त रुपमा खोजी गर्दा त्रिशुलीको किनारमा उनले प्रयोग गर्ने लाइटर, सुर्ती, चप्पल र हँसिया फेला परेकाले उनी त्रिशुलीमा बेपत्ता भएको हुनसक्छ’, डिएसपी प्रकाश दाहालले भने, ‘उनको खोजी कार्य जारी छ । तर फेला परेका छैनन् ।’

स्थानीय एक महिलाले त्रिशुलीमा एकजनालाई बगाएर लगेको देखेको हुनाले सो व्यक्ति उनै माझी हुनसक्ने अनुमान रहेको प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - २०:०४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology