Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कालिखोलाको देविभञ्ज्याङ आधारभुत विद्यालयमा हेल्पकोड नेपालद्वारा भान्छाघर निर्माण

कालिखोलाको देविभञ्ज्याङ आधारभुत विद्यालयमा हेल्पकोड नेपालद्वारा भान्छाघर निर्माण

इच्छाकामना न्युज

२५, कार्तिक २०७७
कालिखोलाको देविभञ्ज्याङ आधारभुत विद्यालयमा हेल्पकोड नेपालद्वारा भान्छाघर निर्माण

कालिखोला २५ कात्तिक ।  हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना ६ स्थित देबिभन्ज्याङ राष्ट्रिय आधारभुत विद्यालय कालिखोलामा भान्सा कोठा निर्माण गरि हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमकाबिच विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न भान्सा कोठा निर्माण गरि हस्तान्तरण गरिएको हो । हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष बल बहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेबी पाण्डेलाई हस्तान्तरण गर्नु भयो।

images

124397265_402289884487218_7501088758111925985_n.jpg

कार्यक्रमका प्रमुख अतिथी इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष भुपेन्द्र चेपाङले हेल्पकोड नेपालले बिगत ६÷७ बर्ष देखि बिद्यालयमा विभिन्न तरिकाबाट सहयोग गरेकोमा धन्यवाद दिनुभयो। हेल्पकोड नेपालको विभिन्न सहयोगले विद्यार्थीहरुलाई विद्यालय आउन पे्ररित गरेको उहाँको भनाइछ ।
बिद्यालयका प्रअ ज्ञानु देबि पाण्डेले अब बिद्यालयले शैक्षिक गुणस्तर सुधारलाई जोड दिन प्रतिबद्ध हुने कुरामा जोड दिनुभयो। उहाँले आगामी दिनहरुमा पनि सहयोग अपेक्षा गर्नुभयो ।
कार्यक्रममा हेल्पकोड नेपाल मार्फत बिद्यार्थीहरुलाई मास्क सेनिटाइजर साबुन लगायत सरसफाइका सामाग्री समेत वितरण गरेका थिए । कार्यक्रम सञ्चालन हेल्पकोड नेपाल मुग्लिङका कार्यक्रम संयोजक शिला देबकोटाले गर्नु भएको थियो।
कक्षा ५ सम्म पढाइने हुने यस विद्यालयमा १३४ जना बालबालिकाहरु अध्ययनरत छन् । जसमध्ये १३३ जना चेपाङ बालबालिका छन् ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - २०:५५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology