Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका परिमार्जन, कुन तहको अधिवेशन मिति कहिले ?

नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका परिमार्जन, कुन तहको अधिवेशन मिति कहिले ?

इच्छाकामना न्युज

२५, भाद्र २०७८
नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका परिमार्जन, कुन तहको अधिवेशन मिति कहिले ?
images

काठमाण्डौ, २५ भदौ । नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।

images
images

काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । उनका अनुसार आज डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ । 

बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ बजे गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो । 

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको छ । 
तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ । 

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - १९:२९:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology