Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाए, आँबुखैरेनीका ३९६ जनाले रोजगारी पाए

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाए, आँबुखैरेनीका ३९६ जनाले रोजगारी पाए

इच्छाकामना न्युज

२६, भाद्र २०७८
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाए, आँबुखैरेनीका ३९६ जनाले रोजगारी पाए
images

तनहुँ, २६ भदौ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् । न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् ।

images
images

म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम एक सय ६५ बेरोजगारले रोजगारी पाएका छन् । गाउँपालिकामा चार सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा एक सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् ।

रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका ३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरु रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिए। उनका अनुसार म्याग्दे ३ का १३, म्याग्दे ४ का ३७, म्याग्दे ६ का ९ र म्याग्दे ७ का एक सय ६ जनाले रोजगारी पाएका छन् ।

उनीहरुले प्रतिदिन ५ सय १७ का दरले न्यूनतम एक सय दिनको काम पाएका छन् । “युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत एक सय र कामका लागि समुदायमा आधारित पारिश्रमिक आयोजना अन्तर्गत ६५ जनाले रोजगारी पाएका छन,” शाहीले भने, “सात वडामध्ये चार वडामा आयोजना मार्फत काम गरिएको छ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मत लगायतका काम सम्पन्न भएको छ । “सबै कामको प्रगति सन्तोषजनक छ,” उनले भने, “स्थानीय स्तरमै रोजगारी पाउँदा बेरोजगारलाई गुजारा चलाउन सहज भएको छ ।”

चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि दुई सय ५८ सूचीकृत भएका छन् । त्यसमध्ये एक सय एक जनाले रोजगारी पाउनेछन् । म्याग्दे ३ मा २२, म्याग्दे ४ मा ३६, म्याग्दे ६ मा ११ र म्याग्दे ६ मा एक सय ८९ जना सूचीकृत भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि म्याग्दे १ र २ मा कोही पनि सूचीकृत भएका छैनन् । प्रत्येक वडा कार्यालयमा सूचना पुर्‍याए पनि वडाको तर्फबाट राम्रो समन्वय हुन नसकेको शाहीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु ८५ लाख बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सय ८३ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रम अन्तगत १२ वटा योजनाको काम गरिएको छ । कार्यक्रमका लागि रु ८८ लाख बजेट विनियोजन भएकामा रु ४७ लाख ५४ हजार ९ सय एक बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिइन् ।

नगरपालिकाका १४ वटा वडामध्ये ७ वटा वडामा मात्रै रोजगार कार्यक्रम सञ्चालन भएको छ । व्यास ६ मा कुलो मर्मत, व्यास ९ मा चिसापानी मोटरमार्ग कच्ची नाला निर्माण, व्यास १० देवीडाँडामा सिढी निर्माण, व्यास ११ चमेरेगुफा भतेरी मार्गमा सिढी निर्माण र चौतारी निर्माणको काम गरिएको छ भने व्यास १३ मा सुढे पदमार्ग र व्यास १४ मा रुम्सी बेलडाँडामा कच्ची नाला निर्माण गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकामा तीन सय ९६ जनाले रोजगारी पाउका छन् । यस कार्यक्रममार्फत् ३५ योजना सम्पन्न गरिएको रोजगार संयोजक कमला गैहेले जानकारी दिइन् । यस अन्तर्गत प्रत्येक वडामा चौतारा र पोखरी निर्माण गरिएको छ । यसैगरी गोरेटो बाटो, नाला निर्माण लगायतका काम सम्पन्न भएको छ । कार्यक्रमका लागि लागि रु ९६ लाख बजेट प्राप्त भएकामा रु ८६ लाख ९५ हजार खर्च भएको थियो ।

कार्यक्रम अन्तर्गत वडा नम्बर ४ मा कोटगाउँ गोरेटो बाटो निर्माण गरिएको छ । वडा नम्बर ५ मा ताराखसे आहालमा पोखरी तथा चौतारो निर्माण गरिएको छ । वडा नम्बर ६ मा हिलेखर्क छिम्केश्वरी गोरेटो मार्ग निर्माण, वडा नम्बर ५ बरालुङ गाउँबाट सानोभञ्याङ जानको लागि गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाका ६ वटा वडा मध्ये वडा नम्बर २ मा पोखरी र वडा नम्बर ३ मा चौतारो निर्माण नभएको तर अन्य सबै वडामा पोखरी र चौतारो दुवै निर्माण गरिएको गैहेले जानकारी दिइन् । खबरपुञ्जबाट

images
प्रकाशित मिति :भाद्र २६, २०७८ शनिवार - ०८:०६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology