Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामना ७ मा माओवादी केन्द्रका सचिवालय सदस्य बोध बहादुर गोलेको नेतृत्वमा ६१ जना एमालेमा प्रवेश

इच्छाकामना ७ मा माओवादी केन्द्रका सचिवालय सदस्य बोध बहादुर गोलेको नेतृत्वमा ६१ जना एमालेमा प्रवेश

images

इच्छाकामना न्युज

२६, भाद्र २०७८
इच्छाकामना ७ मा माओवादी केन्द्रका सचिवालय सदस्य बोध बहादुर गोलेको नेतृत्वमा ६१ जना एमालेमा प्रवेश
images

सिमलढाप, २६ भदौ । नेपाल कम्युनिष्ट माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटिका सचिवालय सदस्य बोध बहादुर गोले नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेको छ। एमालेको आज इच्छाकामना ७ स्थित सिमलढापमा भएको वडा कार्यकर्ता भेलामा माओवादी केन्द्रका गाउँ कमिटि सचिवालय सदस्य बोध बहादुर गोले नेकपा एमालेमा प्रवेश गरेको हो।

तात्कालिन स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं. ७ को माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेद्वार समेत रहेको गोलेलाई भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सद्स्य देबि ज्ञवालि, एमाले जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल लगायतले टिका लगायर पार्टी प्रवेश गराएको एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिए। 

goll.jpgनेपाल कम्युनिष्ट माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटिका सचिवालय सदस्य बोध बहादुर गोले

सोहि भेलामा गोलेसँगै ६१ जना माओवादी केन्द्रका कार्यकर्ताहरु र नेपाली कांग्रेसका १० जना कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेको इन्चार्ज गुरुङले बताए। 

वडा भेलामा कार्यक्रमको प्रमुख अतिथि भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सद्स्य देबि ज्ञवालि, विशिष्ट अतिथि एमाले चितवन जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल, अतिथिहरुमा  जिल्ला सचिव प्रकाश खनाल शैलेस, जिल्ला समन्वय समिति प्रमुख कृष्ण कुमार डल्लाकोटि, कालिका नगरपालिकाका मेयर गोपि श्रेष्ठ, एमालेका नेता तथा कार्यकर्ताहरु नारायण अधिकारी, दान ब गुरुङ, नर ब नेपाल, कृष्ण सिलवाल, रुद्र उप्रेति लगायतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :भाद्र २६, २०७८ शनिवार - १९:४०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology