Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

एमसीसीको नाममा देशलाई बेचेर सिक्किमीकरण गर्न खोजेको राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेको भनाई

एमसीसीको नाममा देशलाई बेचेर सिक्किमीकरण गर्न खोजेको राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेको भनाई

इच्छाकामना न्युज

२९, भाद्र २०७८
एमसीसीको नाममा देशलाई बेचेर सिक्किमीकरण गर्न खोजेको राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेको भनाई
images

हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, २९ भदौ । राष्ट्रिय जनता पार्टी (राप्रपा) का वरिष्ठ नेता विक्रम पाण्डेले सरकारले देशलाई बेचेर सिक्किमीकरण गर्न खोजिएको बताएका छन् । मंगलबार चितवनमा भएको राप्रपाको जिल्ला अधिवेशनलाई संवोधन गर्दे नेता पाण्डेले यस्तो बताएका हुन् ।

images
images

उनले भने ‘यिनीहरुले पहिला कहिले कोशी बेच्थे, कहिले गण्डक बेच्दथे, कहिले महाकाली बच्थे त कहिले सिमाना बेच्थे । अब बिस्तारैबिस्तारै यो देश नै बिक्री गर्नका लागि विभिन्न बाहनाले विभिन्न तरिकाको ऋणहरु लिने र त्यसभित्र धेरै खालका कुटिल चाल र बुँदाहरु राखेर झुक्याउने चालबाट यो देश बिक्री गर्ने अवस्था हुन लागेकोे छ भनेर काठमाडौंका हरेक चोकचोकमा जनता हरु आन्दोलित भएका छन् । र पनि उहाँहरु विदेशीहरुको इशारामा यो देशमा विभिन्न खालका हतकण्डा लगाएर देशलाई सिक्मिकरण गर्नेतिर अगाडि बढेको देखिन्छ ।’

यदि एमसीसीको अनुदान ठिक हो भने किन त्यो हरेक बुँदा जनताको अगाडि ल्याउन सकिँदैन भन्दै उनले प्रश्न गरेका छन् । ‘यदि कुनै बुँदा खराब छ भने हामी यसलाई चाहीँ परिवर्तन गर्छौं भनेर उहाँहरुले किन भन्न सक्नुहुन्न ?’ उनले प्रश्न गरे । नेताहरु आफ्नो खुट्टामा न उभिइ विदेशीहरुको इशारामा अरुको खुट्टामा उभिने भएकाले उनीहरुले वैदेशिक नितीलाई पनि ध्वस्त बनाएको पाण्डेको आरोप छ ।

संविधान बनाएर कार्यान्वयन गर्नुपर्ने अवस्थामा नेताहरुले यसलाई थुत्रो चुरचुर बनाएर कामै नलाग्ने अवस्थामा पु¥याएको पाण्डेले बताए । संविधान जजसलाई जसरी जरुरत प¥यो त्यसरी नै अध्यादेश ल्याएर संविधानको चिरहरण गरिएको पाण्डेले बताए । जसले गर्दा यो संविधानले नेपाली जनता र राष्ट्रलाई संरक्षण गर्न नसक्ने प्रमाणित भएको उनको भनाइ छ ।

अहिलेको यो व्यवस्थालाई स्थापित गरेर देश चलाउँछु भन्नेहरुले नै यो व्यवस्थालाई चिरहरण गरेर ध्वस्त बनाएर यो चल्दैन भन्ने कुरा उनीहरु आफैले प्रमाणित गरिदिएको पाण्डेको भनाइ छ ।

घरको अभिभावक मुली दरो भए जस्तै देशको राष्ट्रपति र सभामुख पनि दरो भई राष्ट्र र जनताको पक्षमा हुनुपर्नेमा एउटा दलको एउटा गुटको स्वार्थमा निहीत भइरहेको पाण्डेको भनाइ छ ।

‘सभामुखले कुनै सांसदलाई निष्कासन गर्दा २४ घण्टा पनि पर्र्खिनु भएन् भने कुनै सांसदलाई निर्वाचन आयोगमा गएर सनाखत गरेपश्चातसम्म पनि उहाँले कारबाही गर्नु भएन’, उनले भने, ‘यसबाट पनि पुष्टि हुन्छ की यो व्यवस्था नै स्वार्थअनुसार चलाउन मिल्ने बनाइएका छन् ।’

पार्टी फुट्ने प्रवित्ति रोकियोस भनेर संविधानमा राखिएको ४० प्रतिशतको व्यवस्थालाई पार्टी फुटाउन परे चाहीँ अध्यादेशबाट २० प्रतिशतमा झार्ने, जसरी पनि पार्टी फुटाउन मिल्ने व्यवस्था गरेर यो संविधानको धज्जि उडाइएको उनको भनाइ छ । जनतलाई संविधानमा जे छ भनिएको थियो त्यो व्यवस्था नै रहेको पुष्टि हुँदै गएको उनले बताए ।

‘२४० वर्ष यो देशमा राजसंस्था भएको बेलामा कुन दिन संविधानको बुँदाहरु परिवर्तन गरेर कुन दिन अध्यादेश ल्याइयो कुनै एउटा रेकर्ड दिउन । हामी जुनसुकै कुरा मान्न पनि तयार छौं । तर संविधान बनेको यति छोटो समयमा संविधानलाई अध्यादेशबाट किनारा लगाएर मनपरी गरिएको छ’ उनले भने ।

जनताहरुले अहिले यो राष्ट्रमा राष्ट्रवादी एउटा वैकल्पिक पार्टीको खाँचो ठानेको बताउँदै पाण्डेले त्यो भनेको राप्रपा भएको बताए । उनले भने ‘जनताहरुको अगाडि गएर हाम्रा कुरा राख्यौं भने हामीले जित्छौं । अनि अवश्य पनि यो राष्ट्रलाई बँचाउन सक्छौं । जनतालाई संरक्षण गर्न सक्छौं । र यो देशमा हामीले धेरै गरेर अघि बढ्न सक्छौं ।’

देश बँचाउन, राष्ट्रियता जोगाउन र नेपाली जनतालाई संरक्षण गर्न राप्रपा कुनै पनि हालतमा अगाडि आउन पर्ने अवस्था आएको बताउँदै उनले सबैलाई सक्रिय भएर जनतालाई बुझाउन आग्रह गरे ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - १९:४३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology