Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आफ्नै ८ महिने नाबालक छोराको हत्या गरेको आरोपमा एक दम्पत्ती पक्राउ

आफ्नै ८ महिने नाबालक छोराको हत्या गरेको आरोपमा एक दम्पत्ती पक्राउ

इच्छाकामना न्युज

२९, भाद्र २०७८
आफ्नै ८ महिने नाबालक छोराको हत्या गरेको आरोपमा एक दम्पत्ती पक्राउ

काठमाण्डौ २९, भदौं । आफ्नै ८ महिनाको नावालक छोरोको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर ६ का श्रीराम मल्लाह र उहाँकी श्रीमती रेनु मल्लाहलाई नावालक छोराको हत्याको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images

यहीँ भदौ २६ गते राति १ बजे ८ महिनाका नाबालक सुरज मल्लाहको घाँटी रेटी हत्या भएको थियो। घटनास्थलको स्थलगत अवलोकनका क्रममा घरको छलमा रगत देखिएपछि अनुसन्धानका लागि दम्पतीलाई नै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

‘दम्पती सुत्ने कोठाको टेवलमा समेत रगत लागेको भेटिएको, उहाँले भन्नुभयो, ‘हँसिया र ओछ्यानमा समेत रगत लागेको भेटिएपछि थप अनुसन्धान अघि बढाइएको छ ।’ पक्राउ परेका दम्पतीले हत्या गरेको स्विकार गरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - २०:५४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology