Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा रामशाहघाटको नयाँपुलमा भोेली शनिबारदेखि पुनः हाटबजार लाग्ने

गोरखा रामशाहघाटको नयाँपुलमा भोेली शनिबारदेखि पुनः हाटबजार लाग्ने

कोरोना कहरका कारण १३ महिनासम्म बन्द भएको हाटबजार संचालनमा आउन लागेको हो

इच्छाकामना न्युज

१, आश्विन २०७८
गोरखा रामशाहघाटको नयाँपुलमा भोेली शनिबारदेखि पुनः हाटबजार लाग्ने

गोरखा, १ असोज । कोरोनाको कारण विगत १३ महिनादेखि बन्द अबस्थामा रहेको रामशाहघाटको नयाँपुल भोली शनिबारदेखि पुनः हाटबजार लाग्ने भएको छ।

images

गोरखा नगरपालिका १३ रामशाह टोलबाट मस्र्याङ्दी पुलजीप हुदै मनकामना जाने बाटोमा पर्ने नयाँपुल भन्ने ठाउँमा हाटबजार पुन सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

यसअघिदेखि हाटबजार सञ्चालन गर्दै आएको नयाँ पुल कृषि उपज उपभोक्ता सहकारीको सहयोगमा उक्त हाटबजार खोल्न लागिएको सहकारीका सचिव रामकृष्ण अर्यालले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ८ महिना र यस आर्थिक वर्ष २०७८/०७९ मा ५ महिना गरी जम्मा १३ महिनादेखि उक्त हाटबजार लाग्न पाएको थिएन । जसले गर्दा किसानहरुको कृषि उपजले बजार पाउन समस्या भएको थियो ।

कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफुलहरु विक्रि वितरण गर्न नपाउदा धेरै नै घाटा पर्न गएको अर्यालले जानकारी दिए । ‘हप्ताको १ दिन हाट बजार खोल्ने र अरु दिन तरकारी तथा फलफुलहरु किसानहरुबाट ल्याएर संकलन केन्द्रमा राख्ने कार्यविधि बनाएका छौ’, अर्यालले भने ।

नेपाल सरकार तथा गाउँपालिकाबाट ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानीमा करिब रु ४० लाखको संकलन केन्द्र स्थापना गरिएको उनले बताए ।

images
प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - २२:१५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology