Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा बिजुलीको पोललाई बसले ठक्कर दिदाँ मध्यरातदेखि विद्युत् अवरुद्ध

आँबुखैरेनीमा बिजुलीको पोललाई बसले ठक्कर दिदाँ मध्यरातदेखि विद्युत् अवरुद्ध

इच्छाकामना न्युज

२, आश्विन २०७८
आँबुखैरेनीमा बिजुलीको पोललाई बसले ठक्कर दिदाँ मध्यरातदेखि विद्युत् अवरुद्ध
images

आँबुखैरेनी, २ असोज । तनहुँको आँबुखैरेनी बजारमा मध्यरातदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । आँबुखैरेनी ३ स्थित गाउँपालिका कार्यालय नजिकै आज मध्यरात करिब १२ बजे मुख्य राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा बसले ठक्कर दिदाँ क्षति पुगेर विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो। 

images
images

पार्किङका लागि लैजादै गरेको ग १ ख ४१०४ नं. को बसले बिजुलीको पोललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ। प्रहरीका अनुसार कुनै मानवीय क्षति नभएको, बस चालक फरार रहेको र बस प्रहरीको नियन्त्रणमा रहेको छ। 

यस्तै अवरुद्ध विद्युत् सुचारु गराउनका लागि मर्मतको काम भैरहेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनीका प्रमुख रबिन गजमेरले जानकारी दिएका छन्। उनका अनुसार विद्युत् सुचारु गराउन कम्तिमा अझै ३–४ घण्टा लाग्ने देखिन्छ। 

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - ०९:४०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology