तनहुँ, २ असोज । नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले गण्डकी प्रदेश समिति सभापतिमा उम्मेद्वारी दिने तयारी गर्नु भएको छ । सर्वसम्मत रुपमै नभएर चुनाव लडेर भएपनि प्रदेश सभापति बन्ने दौडमा पौडेल हुनुहुन्छ । सभापतिका आकांक्षी पौडेलले प्रदेश स्तरका नेता कार्यकर्ता मात्रै नभई जिल्ला स्तर देखि केन्द्रीय स्तरका नेतासँग पनि भेटघाट बढाउनु भएको छ ।
पार्टीलाई सस्थागत रुपमा अगाडि बढाउन गिरेको साखलाई कामय गर्न र नेपाली काँग्रेसको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पु¥याउन राख्न प्रदेश समितिमा उम्मेद्वारी दिने पौडेले बताउनु भएको छ । ‘‘गुटबन्धीलाई अन्त्य गरी एकधार भएर नदी जस्तै बहने काँग्रेस निर्माण गर्न जरुरी छ पूर्व सभापति पौडेलले भन्नुभयो, वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनतामुखी सङ्गठन निर्माणको लागि मेरो उम्मेद्वारी हो’’ पौडेलले भन्नुभयो । जिल्ला सभापतिको कार्य अवधिभर जिल्ला मातहतका र केन्द्रीय नेतृत्वसँग सुमधुर सम्बन्ध राख्न सफल हुनु भएको थियो । स्वर्गिय नेता गिरीजा प्रसाद कोइरालासँग लामो समय सहयात्रा गरेर तनहुँलाई सभापतिको रुपमा काम गर्दा काँग्रेसको किल्ला बनाउनु भएका पौडेलले वरिष्ठ नेता पौडेल, माहमन्त्री डा.शशांक कोइराला लगायतको केन्द्रीय नेताहरुले सघाउनेमा विश्वास हुनुहुन्छ ।
नेताहरुसँग भएको भेटघाट र छलफलमा आफ्नो उम्मेद्वारीको लागि सकरात्मक भएकोले पाएको उत्साह मिलेको पौडेलले बताउनुभयो । प्रदेश, सङघ र नगर÷गाउँको निर्वाचनमा पार्टीलाई विजय गराउन र सशक्त संगठनका निम्ति केन्द्रीय तहसँग समन्वय गर्दै भ्रातृसंगठन र विभागहरुको सुदृढिकरण र परिचालनमा महत्वपूर्ण भुमिका खेल्न उम्मेद्वारी दिएको पौडेलले सञ्चारकर्मीसँग बताउनु भयो । लोकतान्त्रिक आन्दोलनका योद्धा घाइते एवम् शहिद परिवारको सदा सम्मान गर्न उम्मेद्वारी भएको पौडेलको भनाई छ । प्रदेश तहका कमिटीहरु चुस्त, दुरुस्त बनाउने, सङ्घीयताको मर्म अनुसार पार्टी परिचालन गर्ने, विद्यानले व्यवस्था गरे अनुसार सबै निकायलाई सक्रिय बनाउने, काँग्रेसको नीतिगत सबैकुरा पारम्भिक कमिटीदेखि प्रदेश स्तर सम्म मजबुद बनाउने योजना रहेको बताउनुभयो । यति बेला तनहुँ काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । जिल्लाको सभापति पदमा आकांक्षी आधा दर्जन छन् । व्यास नगर सभापतिमात्रै १० जनाले उम्मेद्वारी घोषणा गरिसकेका छन् । आकांक्षी धेरै व्यवस्थापन गर्न तनहुँ काँग्रेसलाई हम्मे हम्मे भएको छ । ८५ वडा मध्ये १६ वडामा भने सर्वसम्मत चयन भएको छ ।
को हुन रघुनाथ पौडेल ?
तनहुँको भानु नगरपालिका–११ रुपकोटमा जन्मनु भएका पौडेलको बाल्यकाल देखिनै काँग्रेसमा झुकाव रहेको रहेको थियो । बीपी कोईरालाको प्ररेणा नेपाली काँग्रेसका सस्थापक नेता स्व. गोर्बधन शर्माको माया एवं गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शुसिल कोइरालाको सङ्गतमा राजनीतिमा होमिएको पौडेल बताउनुहुन्छ । पौडेल विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नु भएका व्यक्ति हुुनुहुन्छ ।
पौडेलले २०२४ सालमा इन्टर कलेज लमजुङको स्ववियू सदस्यको रुपमा निर्वाचित भई राजनीति यात्रा पारम्भ गर्नु भएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०३६ सालको आन्दोलन तथा जनमत संग्रह , २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पटक पटक गरी प्रहरी हिरासत र १ वर्ष कारावास बस्नु भएको थियो । पौडेल एक निडर र लगनसिल नेताका रुपमा स्थापित भएका नेता हुनहुन्छ । २०५३ देखि २०६७ साल सम्म अविछिन्न रुपमा तीन कार्यकाल सभापतिको रुपमा काम गर्नु भएको थियो । यस अघि पौडेल २०४३ देखि २०४८ सम्म जिल्ला कार्यसमितिको सहसचिव भई कार्य सम्पादन गर्नु भएको थियो भने २०४८ साल देखि २०५३ सम्म उपसभापति भई कार्य सम्पादन गर्नु भएको थियो ।
जिल्ला सभापतिको कार्यकालमा काँग्रेस तनहुँलाई आफ्नै भवन सञ्चालन गर्न सक्नु भएको थियो । २०५३ सालमा जिल्ला सभापति पदमा निर्वाचित भएपछि नेपाली कांग्रेसका तत्कालिन सभापति गिरीजा प्रसाद कोइरालाको आव्हानमा नेपाली कांग्रेसको अफिस प्रयोजनको लागि व्यास नगरपालिकाको वडा नं ३ मा भवन खरिद पौडेलकै पालामा भएको थियो । तनहूँ जिल्लाको दमौली बजारमा लौहपुरुष गणेशमान र दुलेगौडा बजारमा महामानव वि.पी कोइरालाको शालिक निर्माण भएको थियो । जिल्लाको साविक क्षेत्र नम्बर १ मा क्षेत्रीय कार्यसमितिकालागि डु«मे बजारमा भवन निर्माणमा पौडेल सभापति हुँदा नै भएको थियो । केन्द्रीय राजनीतिमा तनहुँको हावी हुँदै आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सभापतिको दौडमा हुनुहुन्छ भने केन्द्रीय सदस्यहरु शङ्कर भण्डारी र गोविन्द भट्टराईले कुन पदमा लड्ने भन्ने बारेमा केही बोल्नु भएको छैन भने केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्वारी दिने बताउनु भएको छ ।