Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

गोरखा गण्डकी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च गठन, अध्यक्षमा पहलमान बयलकोटी चयन

गोरखा गण्डकी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च गठन, अध्यक्षमा पहलमान बयलकोटी चयन

गोरखा गण्डकी गाउँपालिका घर भै काठमाण्डौमा बसोबास गर्ने माओवादी केन्द्रमा आस्थावानहरुलाई संगठित गरी मञ्चको गठन गरिएको हो

images

इच्छाकामना न्युज

२, आश्विन २०७८
गोरखा गण्डकी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च गठन, अध्यक्षमा पहलमान बयलकोटी चयन
images

काठमाडौं, २ असोज । नेकपा माओबादी केन्द्र गण्डकी गाउँपालिका काठमाडौं सम्पर्क मन्चको भेला सम्पन्न भएको छ । काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेका आयोजित भेलाले मंचको नयाँ कार्यसमिति गठन गरेको छ । गोरखाको गण्डकी गाउँपालिका स्थायी घर भई काठमाण्डौमा बिभिन्न पेशा व्यवसायमा आबद्ध माओबादी केन्दमा आस्था राख्नेहरुलाई समेटेर मन्च गठन गरिएको हो ।

मन्चको अध्यक्षमा पहलमान वयलकोटी `पवन´लाई चयन गरिएको छ । त्यस्तै भेलाले मन्चको उपाध्यक्षमा जापान गुरुङ, सचिवमा रवि पन्त, सहसचिव सुजन परियार, कोषाध्यक्षमा ईश्वर गुरुङलाई चयन गरिएको जनाइएको छ ।

भेलाले मंचको सल्लाहकार समिती समेत गठन गरेको छ । सल्लाहकार समितिको सम्योजकमा ठाकुर प्रसाद देवकोटा रहेका छन् । सल्लाहकार समितिमा नेत्र पन्त, बद्री पौडेल, छविलाल श्रेष्ठ, ऋषिराम अधिकारी, बिष्णु रेग्मी चयन भएका छन् ।

नारायण भट्टराईको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओबादी केन्द्रका बरिष्ट नेता नारायणकाजी श्रेष्ठ (प्रकाश), पार्टीका केन्द्रिय सदस्य चुणामणी खड्का (प्रकाश), केन्द्रिय सदस्य लेखनाथ न्यौपाने, दिपक तिमिल्सिना लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - २२:४७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology