देवघाट, ५ असोज । ‘रूख रोपौँ वन जोगाऔ’ भन्ने मुल नारा सहित तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेको श्री चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा दिलवहादुर गुरूङ चयन भएको छ। सोमबारका दिन वनकै सभाहलमा भएको २३ औं साधारण सभा एवम् अधिवेशन गुरूङ अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ गठित चक्रवर्ती सामुदायिक वनको कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्ष आसा गुरुङ, सचीव रिता गुरुङ, कोषाध्यक्ष प्रेम बहादुर थापा, सदस्य टिका राना, बुद्ध थापा, कालिमाया भुजेल, जालु गुरुङ, ॠषिराम सुवेदी, लाल बहादुर बोटे र रामहरि पुडासैनी लगाएतका रहेको छ।
कार्यक्रम देवघाट गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष याल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि यालवहादुर गुरूङले गमलाको फुलमा पानी हालेर कार्यक्रम उद्घाटन गर्दै वनले राम्रो काम गर्दै आइरहेको बताए। साथै आगामी दिनहरूमा नयाँ चयन भएका कार्यसमितिले अझ राम्रो काम गरेर देखाउन उनले आग्रह गरे।

नवगठित समितिले पहिलेका कार्यसमितिसँग सर–सल्लाह लिइ आफ्नो गाउँ टोलमा केही हदसम्म भएपनि सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने आशा व्यक्त गरे । वडाध्यक्ष गुरूङले वनमा विभिन्न रमणीय ठाउँ, पार्कहरू निर्माण गर्दै सिमित व्यक्तिलाई रोजगारी दिन सकियो भने पनि यहाँका कतिपय युवाहरू रोजगारी हुने बताए ।
कार्यक्रममा चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव उशा नैनावस्तीले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आजसम्म गरेका सम्पुर्ण कार्यहरू प्रस्ट रूपमा प्रस्तुत गर्दै भावि योजना बताएका थिए ।

सव डिभिजन वन कार्यलयमा छपान आदेश लिई उपभोक्ताहरूलाई काठ बिक्री वितरण गर्ने, वन कार्ययोजना अनुसार वृक्षरोपण, गोडमेल, झाडि सफाई तथा वन काटछाट गर्ने, समुहभित्र रहेको ढलेका कहिएका जर्ना, दाउराहरूलाई सङ्कलन गरी उपभोक्ताहरूलाई बिक्री वितरण गर्ने,गरिबी निवारणको लागिू घू वर्गमा रहेको उपभोक्ताहरूलाई जनचेतनामूलक कार्यक्रम गरी उनिहरूको इच्छा अनुसारको कृषि आम्दानीका लागि रकम लगानी गर्दै, आ. व. ०७७–०७८ मा साउने सिमान्कन गर्दा बाकी रहेको मागलाई यस आ.व. मा पुरा गर्ने, तीन वर्ष लगातार नविकरण नगर्ने उपभोक्तालाई आवश्यक कार्वाहीको दायारामा ल्याउने, पिक्निक स्पोर्टको लागि बजेट छुट्याउने, कार्यलयको लागि प्रिन्टर र कम्युटर खरिद गर्ने, गुम्बा डाँडामा जर्ना राख्ने टहरो बनाउने, यस आ.व. मा उपभोक्ताहरूलाई वन संरक्षण सम्वन्धि अवलोकन भ्रमण गराउने र सोहि वनभित्र रहेका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई दिइने गरिएको दिवा खाजालाई निरन्तरता दिने आदि भावि योजनाहरू रहेको छ ।

कार्यक्रमका विशिष्ट अतिथि सव–डिभिजन वन कार्यलय देवघाटका दिपक सिलवालले सामुदायिक वनको आम्दानी २५ प्रतिशत वनमै खर्च गर्ने र ७५ प्रतिशत स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढे आफ्नो गाउँठाउँको विकास हुने बताए ।
कार्यक्रम सोही वनका कार्यलय सचिव विकास पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए भने सोही चक्रवर्ती सामुदायिक वनका अध्यक्ष तोयनारायण खरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।