Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ढुङ्गा झिक्ने क्रममा अर्को ढुङ्गाले च्यापेर शहिद लखनको ढोडेनीमा १ जनाको ज्यान गयो

ढुङ्गा झिक्ने क्रममा अर्को ढुङ्गाले च्यापेर शहिद लखनको ढोडेनीमा १ जनाको ज्यान गयो

इच्छाकामना न्युज

५, आश्विन २०७८
ढुङ्गा झिक्ने क्रममा अर्को ढुङ्गाले च्यापेर शहिद लखनको ढोडेनीमा १ जनाको ज्यान गयो

गोरखा, ५ असोज ।  गोरखाका शहिद लखन गाउँपालिका ८ को ढोडेनी पाखामा ढुङ्गा निकाल्ने क्रममा अर्को ढुङ्गा आएर च्यापिदा वडा नम्बर ८ को बराहफाँट निवासी बीरबहादुर परियारको घटना स्थलमा नै ज्यान गएको वडा अध्यक्ष काशीनाथ अंगाईले बताए ।

images

मैलुम जाने गोरेटो बाटोको लागी आवश्यक ढुङ्गा निकाल्ने क्रममा माथीबाट अर्को ठुलो ढुङ्गा आएर लाग्दा परियारको घटना स्थलमा नै ज्यान गएको जानकारी आफुले पाएको वडा अध्यक्ष अंगाईले बताए ।

वडाको योजना अन्तरर्गत टोल बस्ती जाने बाटो निर्माणका लागी ढोडेनी पाखामा रहेको ढुङ्गा निकाल्ने क्रममा दिउसो १२ बजे तिर परियारलाई माथीबाट खसेको ढुङ्गाले लागेको र उनको घटना स्थलमा नै ज्यान गएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

घटना स्थलमा प्रहरी टोली पुगेको र घटनाको विवरण संकलन गरी रहेको प्रहरीले जनाएको छ । मृत्तक परियारको शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याउने तयारी भई रहेको छ ।

घटनाको बिषयमा प्रहरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - १९:२९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology