Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

असोज ९ गते हुने भनिएको नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित

असोज ९ गते हुने भनिएको नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित

इच्छाकामना न्युज

५, आश्विन २०७८
असोज ९ गते हुने भनिएको नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित भएको छ । गत २५ भदौमा अन्तिम पटक संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन सकेर यही असोज ९ गते देशभरका पालिकामा एकैपटक महाधिवेशन गर्ने कार्यतालिका बनेको थियो । 

images

तर १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नहुँदा पालिका अधिवेशन पुनः प्रभावित हुन लागेको हो । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म बाँकी १३ जिल्लाका क्रियाशील सदस्यको सूची विवाद मिलाएर पार्टीले हस्तान्तरण गरेको छैन । त्यसैले वडा अधिवेशन भएका ठाउँमा मात्रै अघि बढ्ने निर्णय पार्टीबाट नभए आगामी ९ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न सम्भव छैन । 

पालिका अधिवेशन प्रभावित भए प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन स्वतः प्रभावित हुने छ । त्यसको असर प्रदेश र केन्द्रीय महाधिवेशनसम्म पर्न सक्छ । 

केन्द्रीय निर्वाचन समितिले यही अवस्थामा पालिका अधिवेशन असम्भव भएको ठहर गरिसकेको छ ।

“यही अवस्थामा त कसरी अधिवेशन सम्भव हुने भयो र रु,” केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले भने, “अहिलेसम्म क्रियाशील सदस्यता नै हामीले पाएका छैनौँ ।

बाँकी जिल्लामा वडा अधिवेशन नै ९ गते सम्भव हुनेमा ढुक्का हुन सकिने अवस्था छैन ।” उनले पालिका अधिवेशन हुने नहुने विषयमा भने आफूलाई टिप्पणी नगराउन आग्रह गरे । 

निर्वाचन समितिका सदस्यहरु पनि महाधिवेशन हुने नहुने विषयमा बोल्न तयार छैनन् । 

“पार्टीका नेताहरु बसेर निर्णय गर्नुहोस् कि वडा अधिवेशन सकिएका जिल्लामा पालिका अधिवेशन अघि बढाउने कि १३ जिल्लाको कुरेर बस्ने भनेर,” समितिका एक सदस्य भन्छन्, “नेताहरुबीच नै झगडा छ भने निर्वाचनको प्रक्रिया हामीले कसरी अघि बढाउने रु” 

ती सदस्यका अनुसार निर्वाचन समितिमा पनि प्रक्रियासंगत रुपमा अघि बढ्ने कुरा भइराखेको छैन । समिति संयोजक महादेव यादव समितिमा आएका गुनासो सम्बोधन गर्नेभन्दा बेवास्ता गर्ने र संस्थापनको पक्षमा निर्णय गर्नेमा लागेको उनको आरोप छ । 

नेपाली कांग्रेसको कार्यतालिका अनुसार काम भएको भए गत भदौ २७ गते नै पालिका अधिवेशन सकिनुपर्थ्यो । 

गत साउन केन्द्रीय समितिले गरेको निर्णयअनुसार भदौ २ गतेभित्र टुंग्याउने भनेको क्रियाशील सदस्यता अहिलेसम्म नटुंगिदा २७ गते हुने भनिएको पालिका अधिवेशन आगामी ९ गतेका लागि सारिएको छ । 

तर त्यो तालिका प्रभावित हुने निश्चित भइसकेको छ । पाँच दिनअघि असोज १ मै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइसक्नुपर्ने थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंगलबार अधिवेशन हुनुपर्ने थियो । 

आगामी १० गते हुने भनिएको जिल्ला अधिवेशन १८ गतृका लागि सारिए पनि अब पुनः तालिका प्रभावित हुने अवस्था सिर्जना भएको निर्वाचन समितिकै एक सदस्य बताउँछन् ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - २२:०२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology