Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज काग तिहारः कागको पुजा गरि मनाईदै

आज काग तिहारः कागको पुजा गरि मनाईदै

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
आज काग तिहारः कागको पुजा गरि मनाईदै

काठमाडौं, २८ कार्तिक । हिन्दु नेपालीहरुले मनाउने दशैंपछिको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको आज दोस्रो दिन काग तिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक बिहीबारदेखि नै शुरु भएको हो।

images

यस वर्ष तिथिको घटबढका कारण हिजो साँझ कार्तिक कृष्ण त्रयोदशी परेकाले यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो। जसअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइँदै छ। यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन् छ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज काग तिहार मनाइने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आज कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने धार्मिक मान्यता रहेको छ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ। कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने धार्मिक प्रचलन छ।

काग तिहारको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ।

त्यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आजै मनाईंदैछ । आजको दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।

 

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०९:२४:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology