Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

देवघाटका ३८ जना जेष्ठ नागरिकलाई फोटोद्वारा सम्मान

देवघाटका ३८ जना जेष्ठ नागरिकलाई फोटोद्वारा सम्मान

आशिक राना

१५, आश्विन २०७८
देवघाटका ३८ जना जेष्ठ नागरिकलाई फोटोद्वारा सम्मान
images

देवघाट, १५ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको देवघाट समाज कल्याण केन्द्र वृद्वाश्रममा आज ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा देवघाट क्षेत्र बिकास समितिले एक कार्यक्रमको आयोजना गरि ३८ जना जेष्ठ नागरिकलाई फोटोद्वारा सम्मान गरिएको छ।

images
images

देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा हाल ३८ जना जेष्ठ नागरिक बसोबास गर्दै आएको छ, जसमा पहिला २२ जना र पुरुष १६ जना रहेको देवघाट क्षेत्र बिकास समितिका लेखा साखाका किरण पौडेलले जानकारी दिए।

243517325_620650655614423_1949989613903093947_n.jpg

सो कार्यक्रमका प्रमुख अतिथि देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै जेष्ठ नागरिकगरुको उचित ब्यबस्थापन र सम्मान गर्नुपर्ने बताउनु भएको थियो साथै पुर्व अध्यक्ष पौडेलले देवघाटधाम एक पर्यटकीय सम्भावना बोकेको सुन्दर रमणीय स्थान बिकासको निम्ति आफु निरन्तर लागी पर्ने समेत बताए।

कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका सदस्य प्रवीण कार्की,सरस्वती  खनाल लगाएको उपस्थिति रहेको थियो साथै सो कार्यक्रम देवु अधिकारीले सञ्चालन गरेको थियो भने देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे।

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - २२:०५:११ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology