गोरखा, २३, असोज । गोरखा सदरमुकाममा आज नयाँ नोट बितरण हुने भएको छ । सदरमुकाममा रहेको राष्ट्रिय बाणिज्य बैंकले आज नयाँ नोट बितरण गर्न लागेको हो । नेपालीहरुको महान चाड वडादशैं घर भित्रीए संगै नयाँ नोटका माग उच्च हुने भएकोले बैंकले नयाँ नोट आज बितरण गर्न लागेको राष्ट्रिय बाणिज्य बैंकले गोरखाले जनाएको छ ।
५, १०, २०, ५० र १०० दरका नयाँ नोट चाहिएमा आज (शनिबार) नै बैंकमा आउन बैंकले आग्रह गरेको छ । सिमित मात्रमा मात्र प्राप्त नयाँ नोट माग अनुसार बितरण गरिने पनि बैंकले जनाएको छ । बिजयाँ दशमीको टिका ग्रहण गर्दा जमरा संगै नयाँ नोट दिने भएका पनि प्रत्यके बर्षको दशैंमा नयाँ नोटको माग उच्च हुने गर्दछ । नयाँ नोटको आयु लामो बनाउन नोटमा कुनै पनि प्रकारको रंगहरु लाग्न नदिन समेत बैंकले सबैलाई आग्रह गरेको छ ।