देवघाट, २३ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ कोटाका ११ वटा टोल सुधार समितिलाई माक्स, सेनिटाईजर र डष्टविन विरतण गरेको छ। देवघाट गाउँपालिका, लायन्स क्लब अफ काठमाडौ, अरुणा आयुर्वेदिक क्लिनिक, कालिका एम.एम.को सहकार्यमा आज देवघाटका ११ वटा टोल बिकास संस्थाहरुलाई माक्स सेनिटाइजर र डष्टविन वितरण गरिएको हो।
कार्यक्रममा देवघाट १ नम्बर भित्रका गोपिटार, आपटार, मेलमिलाप, पाखाटोल, बसेनिटार, बर्षखोला, कालिकाटर बगैंचा, गहते चौतारो, लालिगुराँस र सिद्धबाबा गरि ११ वटा टोल बिकास संस्थाहरुलाई सो स्वास्थ्य सामाग्री प्रदान गरेको थियो।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागी स्वास्थ्य सामाग्री सहयोग गरेकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुभयो। साथै अध्यक्ष थापाले कोबिड १९ कोरोना भाइरस सुरक्षित र सतर्कता रहन आग्रह समेत गर्नुभयो। आगामी दिनहरूमा पनि यसै गरि हरेक संघ संस्थासंँ समन्वय गरि अगाडी बढ्ने उहाँले बताउनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौका संयोजक ओमलाल श्रेष्ठले बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने जिम्मेवारी र दायित्व हामी सवैको रहेको बताउनुभयो। साथै आगामी दिनहरुमा पनि सामाजिक सेवाको लागी निरन्तर अगाडी बढ्ने बताउदै लायन्स क्लब अफ काठमाडौले सकेको सहयोग गर्ने बताउनुभयो।
सो कार्यक्रममा देवघाट १ नम्बर वडा सदस्य सुन्दर भुजेल र बगमाया गुरुङ, देवघाट १ नम्बर वडा नेकपाका पार्टी अध्यक्ष थम बहादुर झ्यारिमगर, कोटा स्वास्थ्य चौकीका प्रमुख अखिलेस अधिकारी र लायन्स क्लब अफ काठमाडौका सचिता पोख्रेल लगाएको उपस्थित रहेको थियो भने वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।