घैरुङ, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमालेले आज देशैभर गरेको वडा अधिवेशन कार्यक्रम अन्तर्गत गोरखाको शहिद लखन गाउँपालिकामा भने ५ वटा वडामा मात्र वडा अधिवेशन सम्पन्न गरेको छ। गाउँपालिकाको ९ वटा वडा मध्य ५ वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने ४ वटा वडामा बाँकी रहेको हो।
नेकपा एमाले शहिद लखनका अध्यक्ष मनोज जोशीले दिएको जानकारी अनुसार आजसम्ममा गाउँपालिकाको वडा नं. १, ५, ६, ७ र ९ मा वडाअधिवेशन सम्पन्न भएको छ।
जसअनुसार वडा नं. १ को वडाकमिटिको अध्यक्षमा प्रेम गुरुङ उपाध्यक्षमा यादववाबु श्रेष्ठ, सचिवमा डिल्लिप्रसाद न्यौपाने, उपसचिव दिल बहादुर राना र सुर्य कुमारी गुरुङ सहित ३१ सदस्यीय कमिटि गठन गरिएको छ भने वडा नं. ५ को अध्यक्षमा राजन थापा मगर, उपाध्यक्षमा एक बहादुर कुँवर, सचिवमा आशिष थापा मगर लगायत २१ सदस्यीय कमिटि गठन गरिएको छ।्
यस्तै वडा नं. ६ को अध्यक्षमा हरि धमला, उपाध्यक्षमा नर बहादुर राना, सचिवमा रामसिं गुरुङ, उपसचिवमा सुदिप थापा मगर र रोजी गुरुङ सहित ३१ सदस्यीय वडा कमिटि, वडा नं. ७ को अध्यक्षमा अर्जुन श्रेष्ठ, उपाध्यक्षमा कमला श्रेष्ठ, सचिवमा ज्ञान बहादुर बि.क. सहितको वडाकमिटि गठन गरिएको छ भने वडा नं. ९ को अध्यक्षमा राजेशबाबु थापा उपाध्यक्षमा भुगोल बहादुर अम्गाई, सचिवमा दिपक थापा, उपसचिवमा लक्ष्मी गोतामे र राधिका थापा सहित २५ सदस्यीय वडा कमिटि कठन गरिएको छ।
बाँकी वडामा पनि केहि दिन भित्रमा वडा अधिवेशन सम्पन्न गरिने एमाले शहिद लखनका अध्यक्ष जोशीले बताए।