Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिनमा चालक र सहचालकको राजमार्ग मै स्वास्थ्य परिक्षण

मुग्लिनमा चालक र सहचालकको राजमार्ग मै स्वास्थ्य परिक्षण

रासस

२९, कार्तिक २०७७
मुग्लिनमा चालक र सहचालकको राजमार्ग मै स्वास्थ्य परिक्षण

मुग्लिन, २९ कात्तिक । राजमार्गमा चल्ने सवारीका चालक तथा सहचालकको प्राथमिक स्वास्थ्य परीक्षण गरिएको छ । ट्राफिक प्रहरी कार्यालय मुग्लिनले इलाका प्रहरी कार्यालय मुग्लिन र मुग्लिन हाइवे हस्पिटलको सहकार्यमा शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित मुग्लिन बजारमा प्राथमिक स्वास्थ्य परीक्षण गरिएकोे हो ।

images

मुग्लिन बजारस्थित रहेको ट्राफिक प्रहरी पोष्टको प्राङ्गणमा गरिएको स्वास्थ्य जाँच कार्यक्रममा ५५ वटा साना तथा ठूला सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो । सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था सामान्य नहुँदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रम मुग्लिनमा आयोजना गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरणका लागि सवारी चालक स्वस्थ हुन पनि आवश्यक हुन्छ । विशेष गरी चालक तनावमा हुनुहँुदैन । उनीहरुको स्वास्थ्य जाँच गरेका हौँ ।” प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रममा चालक तथा सहचालकको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनाबमा रहेको वा नरहेको तथा उनीहरुको आँखाको दृष्टि अवस्था, ज्वरो, रक्तचाप, मधुमेहलगायत अन्य शारीरीक अवस्था ठिक भए–नभएको जाँच गरिएको प्रहरी सहायक निरीक्षक बसौलाले बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - ११:४९:०४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology