Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनसुन जन्य विपत्तीबाट प्रभावितहरुलाई गोरखाको शहिद लखन गाउँपालिकाद्वारा आर्थिक सहायता प्रदान

मनसुन जन्य विपत्तीबाट प्रभावितहरुलाई गोरखाको शहिद लखन गाउँपालिकाद्वारा आर्थिक सहायता प्रदान

इच्छाकामना न्युज

९, कार्तिक २०७८
मनसुन जन्य विपत्तीबाट प्रभावितहरुलाई गोरखाको शहिद लखन गाउँपालिकाद्वारा आर्थिक सहायता प्रदान

कात्तिक ९, गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले मनसुन जन्य विपदबाट प्रभावितहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ। गत असारदेखी हालसम्म बर्षा, पहिरो लगायतका कारण घर पूर्ण रुपमा क्षति भएर विस्थापित भएका ५ परिवार र जोखिममा रहेका ८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

images

पूर्ण विस्थापित भएकालाई प्रति परिवार २० हजार र जोखिममा रहेकालाई प्रति परिवार १० हजार रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन आले मगरले बताउनुभयो । बर्षासँगैको पहिरोले घर भत्किएर विस्थापित भएका वडा नं ७ मकैपुर बुंकोटका तोलखबहादुर श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ र बोर्लाङी गाउँकी राममायाँ श्रेष्ठ, वडा नं ६ अधेरी काजिराम कमर र वडा नं १ बक्राङका रुद्रबहादुर थापालाई २०/२० हजार रुपैयाँ उपलब्ध गराईएको उहाँको भनाई छ । यी बाहेक घर जोखिममा रहेका ८ परिवारलाई आबश्यक सुरक्षा ब्यबस्थापनका लागि १० हजारका दरले वितरण गरेको उहाँले बताउनुभयो ।

पालिकाको टोलीको स्थलगत निरीक्षण, पिडितबाट प्राप्त निवेदन, वडाको सिफारिस, क्षति खुल्ने फोटो लगायतका आधारमा विपद् ब्यबस्थापन कोषबाट पालिकाले पीडितलाई आर्थिक सहायता उपलब्ध गराएको हो । पालिकाले चालु आर्थिक बर्ष कोषमा ६० लाख रुपैयाँ विनियोजन गरेको छ । मनसुनजन्य विपत् बाट भएको क्षतिको राहत प्राप्तीका लागि पालिकामा निवेदन आउने क्रम जारी रहेको प्रमुख प्रशासकिय मगरले बताउनुभयो। च्वाईस एफएम अनलाईनबाट

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - २०:२२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology