Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको ९ स्थानीय तहमा एमालेको अधिवेशन, शहिद लखनमा स्थगित, गण्डकीको अध्यक्षमा विष्णु पन्थ

गोरखाको ९ स्थानीय तहमा एमालेको अधिवेशन, शहिद लखनमा स्थगित, गण्डकीको अध्यक्षमा विष्णु पन्थ

इच्छाकामना न्युज

१०, कार्तिक २०७८
गोरखाको ९ स्थानीय तहमा एमालेको अधिवेशन, शहिद लखनमा स्थगित, गण्डकीको अध्यक्षमा विष्णु पन्थ
images

गोरखा, १० कार्तिक ।मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखाका नौ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ ।

images
images

विविध कारणले चुमनुब्री र शहीद लखन गाउँपालिकाको अधिवेशन केही दिनपछि गर्ने एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।

मंगलबार अबेर सम्पन्न गोरखा नगरपालिकाको अधिवेशनले देवीबहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्र तिवारी(वडा नं.३), सचिवमा शम्भू थापा(३), र उपसचिवहरुमा मानबहादुर राना(५) र कृष्णबहादुर बिक(११) सर्वसम्मत चयन भएका पार्टी नेता सम्झना देवकोटाले जानकारी दिइन् ।

त्यस्तै पालुङ्टार नगरपालिकाको नेकपा एमालेको अधिवेशनले वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ६४ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दिनेश अधिकारी( वडा नं. ९), सचिवमा प्रकाश न्यौपाने(४) र उपसचिवद्वयमा नारायण बराकोटी(६) र राममाया राना(१०) लाई सर्वसम्मत चयन गरेको नेता हरि काफ्लेले जानकारी दिए ।

त्यस्तै धार्चे गाउँपालिकाको नेकपा एमालेको अधिवेशनले सुकबहादुर घले(यार्सा)को अध्यक्षतामा ७० सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा धनकुमार घले(काशिगाउँ) र सचिवमा राम गुरुङ(लाप्राक)लाई चयन गरेको छ । समितिको उपसचिवहरुमा रमेश गुरुङ र वीरबहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमालेका जिल्ला कमिटी सचिव कृष्ण नेपालीले जानकारी दिए ।

अजीरकोट गाउँपालिकामा सम्पन्न अधिवेशनले लीलाबहादुर सुनारको अध्यक्षतामा ४५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा सिँहबहादुर तामाङ, सचिवमा सर्मिला तामाङ र उपसचिवहरुमा शेरबहादुर गुरुङ र कमल भटटलाई चयन गरेको नेता कमल दानीले जानकारी दिए ।

त्यस्तै सिरानचोक गाउँपालिकामा सम्पन्न अधिवेशनले विराज गुरुङको अध्यक्षतामा गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा मोहन शाही, सचिवमा ज्ञानराज गुरुङ र उपसचिवहरुमा शिव पोखरेललाई सर्वसम्मत चयन गरेको छ ।

गण्डकी गाउँपालिकामा सम्पन्न अधिवेशनले विष्णु पन्तको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा इन्द्रबहादुर बिक, सचिवमा भीमलाल श्रेष्ठ र उपसचिवहरुमा लीलाबहादुर पाण्डे र विमला चेपाङलाई सर्वसम्मत चयन गरेको अध्यक्ष पन्तले जानकारी दिए ।

त्यस्तै भीमसेन थापा गाउँपालिकामा सम्पन्न अधिवेशनले सुजन सिम्खडाको अध्यक्षतामा सर्वसम्मत गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा नबराज पोखरेल, सचिव हरि सिंखडा र उपसचिवहरुमा कमल भट्ट र निलप्रसाद खनाल चयन भएका छन् ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा सम्पन्न अधिवेशनले हरि बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । कमिटिको उपाध्यक्षमा खेम घले, सचिवमा सुजन गुरुङ र उपसचिवमा हरिकुमार श्रेष्ठ चयन भएका छन् ।

यस्तै आारुघाट गाउँपालिकामा मंगलवार राती अवेर अधिवेशन भएको छ । अधिवेशनले मेनबहादुर अधिकारीका अध्यक्षतामा कमिटि गठन गरेको एमालेका युवा नेता मोहन भट्टराईले बताए । कमिटिको उपाध्यक्षमा राजेन्द्र राना,सचिव सुर्य दाहाल, उप सचिव सिरबल बराम, प्रेम गुरुङ चयन भएका छन् ।
दरौदी दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - ०८:१०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology