Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँका आँबुखैरेनी र देवघाट गाउँपालिका कोरोनामुक्त 

तनहुँका आँबुखैरेनी र देवघाट गाउँपालिका कोरोनामुक्त 

इच्छाकामना न्युज

१०, कार्तिक २०७८
तनहुँका आँबुखैरेनी र देवघाट गाउँपालिका कोरोनामुक्त 
images

आँबुखैरेनी, १० कार्तिक । तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेका छन्। जिल्लाको आँँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको संख्या शून्य दर रहेको छ । तनहुँमा हाल २८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

images
images

व्यास नगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिकामा आठ, भिमाद नगरपालिकमा तीन, भानु नगरपालिकमा तीन, ऋषिङ गाउँपालिकामा दुई, घिरिङ र बन्दीपुरमा एक÷एकजना कोरोना संक्रमित रहेका छन् । आठ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ ्करबाबु अधिकारीले जानकारी दिए ।

तनहुँमा ८५ हजार ८०० लाई पहिलो खोप र ६४ हजार ९८० ले दोस्रो खोप लगाएका छन् । वैशाखदेखि हालसम्म १२४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोना संक्रमण घट ्दै गए पनि सुरक्षामापदण्ड अपनाएर मात्रै पेशा व्यवसाय र हिँड्डुल गर्न स्वास्थ्य कार्यालयले सर्वसाधारणमा आग्रह गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - ०८:२१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology