Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल’ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल’ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

इच्छाकामना न्युज

११, कार्तिक २०७८
प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल’ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा
images

देवघाट, ११ कार्तिक । तनहुँको देवघाट गाउँपालिका वडा ५ धर्मार्थ अस्पतालको प्राङ्गणमा ‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराका साथ तनहुँको देवघाटमा भोलीदेखि सुरु हुने प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल’ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। देवघाट ब्याडमिन्टन संघको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो। 

images
images

प्रतियोगिता देवघाट गाउँपालिका ५ स्थित धर्मार्थ अस्पतालको प्राङ्गणमा आयोजना हुने प्रतियोगितामा तनहुँ, नवलपुर र चितवनका गरि २५ टिमको सहभागिता रहने संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए। साथै अध्यक्ष मिश्रका अनुसार ब्याडमिन्टन खेलले स्वस्थ्य र तन्दुरुस्त मात्र नभई दुव्र्यसनी कुलतमा  लागेका ब्याक्तीहरुलाई केहि हदसम्म भए पनि सहि मार्गतिर डोर्‍याउन सकिने उद्देश्यले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो।

सो कार्तिक १२ र १३ प्रतियोगिताको समुद्घाटन देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख आतिथ्यमा गरिने भएको छ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - २१:१८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology