Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिकाको बक्राङमा तीन रोपनी जग्गामा लगाएको केरा ढलेपछि किसान चिन्तित

शहिद लखन गाउँपालिकाको बक्राङमा तीन रोपनी जग्गामा लगाएको केरा ढलेपछि किसान चिन्तित

इच्छाकामना न्युज

१२, कार्तिक २०७८
शहिद लखन गाउँपालिकाको बक्राङमा तीन रोपनी जग्गामा लगाएको केरा ढलेपछि किसान चिन्तित

केराखेती नष्ट भएपछि शहीदलखन गाउँपालिका वडा नम्बर १ बक्राङका किसान रघुनाथ अर्याल निराश भएका छन् । दुईवर्ष अघिदेखि केरा खेती गर्दै आएका उनले लुदीखोलाको छेउस्थित तीन रोपनी जग्गामा लगाइएको केराखेती नष्ट भएपछि उनी निराश भएका हुन् ।

images

असोज ३१ गतेको हावाहुरीले काट्ने बेला भएको एकसय ३० घरी केरा लडेको उनले बताए । ‘मलाई एकलाख ५० हजार भन्दा बढी बराबरको क्षति भयो’ किसान अर्यालले भने ।

उनी आफ्नो क्षति बारे जानकारी गराउन र सहयोगको याचना गर्न कृषि ज्ञान केन्द्रमा पुगेका छन् । ‘वडा, पालिका, ज्ञान केन्द्रमा जानकारी गराएको छु, तर कहिँ कतैबाट सहयोग पाएको छैन’ उनले भने ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७८ शुक्रवार - १८:५२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology