Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबलाई

प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबलाई

आशिक राना

१३, कार्तिक २०७८
प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबलाई

देवघाट, १३ कार्तिक । तनहुँको देवघाट गाउँपालिकामा आयोजित प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ‘डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पूर्वी चितवन स्पोर्टस् क्लवले जितेको छ। गाउँपालिकाको वडा ५ धर्मार्थ अस्पतालको प्राङ्गणमा ‘स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नारा लाई आत्मसात गर्दै देवघाट ब्याडमिन्टन संघको आयोजना शुक्रबार देखि सुरु भएको प्रतियोगिताको उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबका केवल न्यौपाने र पुस्कर रिमालले जितेको हो। 

images

सो खुल्ला ब्याडमिन्टनको फाइनल खेलमा पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे र दिपेन्द्र चौधरीलाई सोझो सेटमा पछि पार्दै पुर्वी चितवन स्पोर्ट्स क्लबका केवल न्यौपाने र पुस्कर रिमालले उपाधि चुम्न सफल भएको थियो। प्रतियोगितामा पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे र दिपेन्द्र चौधरी द्वित्तीय स्थान हुन सफल भएको थियो। 

साथै व्यास नगरपालिका ब्याडमिन्टन संघ दमौलीका बिनोद चौधरी, बुचन्दर गुरुङ र चितवन जिल्ला ब्याडमिन्टन संघका प्रकाश श्रेष्ठ, बिष्णु दवाडी तृतीय स्थान हुन सफल भएको थियो। प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमले क्रमशः २५ हजार, १५ हजार र तृतीय हुनेले दुई टिमलाई ५र५ हजार नगद सहित ट्रफी र प्रमाण(पत्र प्रदान गरिएको थियो।

सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रबक्ता एवम् देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न  महत्त्वपूर्ण भुमिका रहने बताउदै दुव्यसनी कुलतमा   लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्‍याउन सकिने नले बताए।

तनहुँ,नवलपुर र चितवनका गरि २५ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे बन्न सफल भएको थियो।

कार्यक्रममा देवघाट नेकपा एमाले पार्टी अध्यक्ष केशवचन्द्र न्यौपाने,देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ, उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ,देवघाट ब्याडमिन्टन संघका संरक्षक चन्द्रप्रकाश दवाडी लगाएको उपस्थिति रहेकोे थियो भने देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - २२:१३:४८ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology