Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

टर्की पालेरै मासिक डेढ लाख कमाउदै गोरखा पालुङ्गटारका एक युवा

टर्की पालेरै मासिक डेढ लाख कमाउदै गोरखा पालुङ्गटारका एक युवा

इच्छाकामना न्युज

१५, कार्तिक २०७८
टर्की पालेरै मासिक डेढ लाख कमाउदै गोरखा पालुङ्गटारका एक युवा

गोरखा १५ कात्तिक :  गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गर्नुभएको हो ।

images

सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आउनुभएका उहाँले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गर्नुभएको हो । “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरेँ”, उहाँले भन्नुभयो ।

सुरुआती चरणमा रु ७० लाख लगानी गरेर टर्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गर्नुभएको छ । केही समय पहिले ९०० टर्कीपालन गर्नुभएका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् । लुइँटेलले पालन गर्नुभएको टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । “हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

डेढ वर्षदेखि टर्कीपालन गर्दै आउनुभएका उहाँले एउटा टर्की १५ किलोसम्म बनाउनुभएको छ । उहाँले टर्कीको मासु एक किलोको रु एक हजारमा बिक्री वितरण गर्दै आएको बताउनुभयो । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो ।

श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाउनुभएका जीवमनिले हाल आफँै गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पु¥याउँदै आउनुभएको छ । “परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो ।

टर्कीपालनबाटै उहाँले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराउनुभएको छ । उहाँका छोराछोरीमध्ये हाल एक छोरी अमरज्योति जनता माध्यामिक विद्यालय लुइँटेलमा कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययनरत हुनुहुन्छ भने अर्की छोरी गोरखा पोलिटेक्निकलमा प्राविधिक शिक्षा अध्ययनरत हुनुहुन्छ । आगामी दिनमा उहाँले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने राससलाई जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - २०:५७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology