Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राष्टिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे पनि नेकपा एमालेमा प्रवेश गर्ने

राष्टिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे पनि नेकपा एमालेमा प्रवेश गर्ने

इच्छाकामना न्युज

१९, कार्तिक २०७८
राष्टिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे पनि नेकपा एमालेमा प्रवेश गर्ने
images

भरतपुर, १९ कात्तिक । विकासप्रेमी नेताका रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेले पारिने परिवर्तन गर्दै नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।

images
images

अघिल्लो चुनावमा चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् ।

एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका हुन् । शुक्रबार राति प्राइम टिभीबाट प्रसारण भएको `जनता जान्न चाहन्छन्´ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

उनले पाण्डे एमाले प्रवेश गरे चितवनमा प्रचण्डविरुद्ध चुनाव लड्ने र जित्नेसमेत दाबी गरे । बस्नेतले पाण्डे कहिले एमालेमा प्रवेश गर्दैछन् ? भनेर मिति भने खुलाएनन् ।

पाण्डे नेपालको निर्माणसम्बन्धी अग्रणी कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक हुन् । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन् । पाण्डेको अगुवाइमा चितवनमा धेरै विकास भएको यहाँका जनताले बताउने गरेका छन् । यद्यपि पाण्डे स्वयमले भने एमालेमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक रुपमा कतै केही बोलेका छैनन् ।

पाण्डे एमालेमा प्रवेशको हल्ला सार्वजनिक भएसँगै कायाकैरनले उनीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाईल अफ पाइएको छ । उनको निकटतम स्रोतले भने पाण्डे एमालेमा प्रवेश गर्ने कुरा सत्य भएको स्वीकार गरेको छ । कायाकैरन डटकमबाट

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - २२:००:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology