Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

लमजुङ भेडाकाे मासुमा आत्मनिर्भर, वार्षिक १० करोडकाे व्यापार

लमजुङ भेडाकाे मासुमा आत्मनिर्भर, वार्षिक १० करोडकाे व्यापार

न्युज कारखाना

२८, कार्तिक २०७८
लमजुङ भेडाकाे मासुमा आत्मनिर्भर, वार्षिक १० करोडकाे व्यापार
images

लमजुङ, २८ कात्तिक । चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन् । लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन् । लमजुङमा साविवको १९ गाविसमा ९१ वटा घुम्ती भेडीगोठ छन् । ८५८ घरपरिवारले घुम्ती भेडीगोठ राखेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले बताए । ती भेडीगोठमा करिब २५ हजार भेडा छन् ।

images
images

पशु सेवा कार्यालयले गरेको अध्ययनमा घुम्ती भेडीगोठबाट किसानले वर्षिक २०० मेट्रिक टन भेडाको मासु उत्पादन गर्ने गरेका छन् । प्रतिकिलो ५०० का दरले भेडाको मासु बिक्री हुने गरेको छ । सबै किसानले गरी भेडाको मासुबाट मात्र वार्षिक १० करोड आम्दानी गर्छन् । भेडाको मासुमा जिल्ला आत्मनिर्भर रहेको कार्यालयको दाबी छ । 

भेडीगोठबाट वार्षिक पाँच हजार किलो ऊनसमेत उत्पादन हुने गरेको छ । किसानले उत्पादितमध्ये आधाजसो ऊन नै र बाँकीको राडीपाखीलगायत बनाएर बिक्री गर्ने गरेका छन् । ऊनबाट मात्र वार्षिक दुई लाख ५० हजार आम्दानी हुने गरेको कार्यालयको तथ्यांक छ ।

घुम्ती भेडीगोठमा करिब आठ हजारभन्दा बढी बाख्रा, खसीबोका पनि छन् । खसीबोकाको मासु वर्षिक १२० मेट्रिक टन उत्पादन हुने र यसबाट करिब ६ करोडभन्दा बढी आम्दानी किसानले गर्ने गरेका छन् । भेडीगोठका भेडा, खसीबोका बढी पोखरा, काठमाडौ लगायतका ठूला सहरमा मासुका लागि निर्यात हुने गरेकाे छ ।  

‘भेडीगोठबाट आम्दानीको सम्भावना धेरै छ ।  तर, किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन्', भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले भने, ‘भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।’

जिल्लाका सबै भेडीगोठालेहरूलाई एकीकृत गरी समूह गठन गरिएको पशु कार्यालयका प्रमुख श्रेष्ठको भनाइ छ । स्थानीय तहले कृषि र पशुपालनको क्षेत्रमा भने बजेट विनीयोजन नगरेको उनको भनाइ छ । यसवर्ष ८० हजार भेडा र बाख्रालाई पीपीआर (भेडाको महामारी) विरुद्धको खोप लगाइएको छ । 

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २०:५३:३२ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology