Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राप्रपा महाधिवेशन : आज प्रादेशिक क्षेत्रीय अधिवेशन

राप्रपा महाधिवेशन : आज प्रादेशिक क्षेत्रीय अधिवेशन

इच्छाकामना न्युज

६, मंसिर २०७८
राप्रपा महाधिवेशन : आज प्रादेशिक क्षेत्रीय अधिवेशन
images

काठमाडौं, ६ मंसिर । आगामी ११–१३ मंसिरसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि बन्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पनि चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् ।

images
images

राप्रपा महाधिवेशनमा दुई हजार नौ सय ७० जना प्रतिनिधि उपस्थित हुने छन् । त्यसका लागि आज साेमबार तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशनमार्फत प्रतिनिधि चयन हुने छन् । त्यसकै लागि अध्यक्षत्रय आन्तरिक चुनावी प्रतिस्पर्धामा भिड्ने भएका हुन् ।

‘राप्रपाको विधानमा अध्यक्षसमेत प्रदेश सभाबाट निर्वाचित भएर आउनु पर्ने व्यवस्था छ । सोही कारण तीनै जना नेताले आआफना मतदाता नामावली भएका क्षेत्रमा भिड्नु पर्ने हुन्छ,’ प्रचार विभाग संयोजक मोहन श्रेष्ठले न्युज कारखानासँग भने, ‘प्रदेश सभा निर्वाचन क्षेत्रमा सहमतिबाट नेतृत्व चयन हुन नसके प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यहाँ पराजित भएमा अध्यक्ष पनि महाधिवेशन प्रतिनिधि नहुन सक्छन् ।’

श्रेष्ठका अनुसार मतदाता नामावली भएको क्षेत्रबाट चुनिएर आउनु पर्ने भएकाले कमल थापा मकवानपुरबाट, पशुपतिशमशेर राणा सिन्धुपाल्चोक र प्रकाशचन्द्र लोहनी नुवाकोटबाट महाधिवेशन प्रतिनिधि भएर काठमाडौं आउनु पर्ने हुन्छ ।

आज हुने प्रदेशसभा अधिवेशनबाट ९–९ जना गरी दुई हजार नौ सय ७० जना प्रतिनिधि चयन हुने छन् । जसअनुसार प्रत्येक प्रदेश सभावाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । 

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०८:५६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology