Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अल्जेरिया सन् २०२२ मा हुने अफ्रिका कप अफ नेसन्समा छनोट

अल्जेरिया सन् २०२२ मा हुने अफ्रिका कप अफ नेसन्समा छनोट

एजेन्सी

२, मंसिर २०७७
अल्जेरिया सन् २०२२ मा हुने अफ्रिका कप अफ नेसन्समा छनोट

साविक विजेता अल्जेरिया सन् २०२२ मा आयोजना हुने अफ्रिका कप अफ नेसन्समा छनोट भएको छ। गएराति भएको खेलमा जिम्बावेसँग २–२ गोलको बराबरीमा रोकिएपनि अल्जेरिया अफ्रिका कप अफ नेसन्समा छनोट भएको हो।
जिम्बावेको मैदानमा एन्डी डेलोर्टले ३३ औं मिनेटमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाउनुभएको थियो। ३८ औं मिनेटमा रियाद महरेजले गोल गर्दा अल्जेरिया २–० ले अघि रह्यो।तर, खेलको ४५ औं मिनेटमा नलेज मुसोनाले गोल गर्दै जिम्बावेलाई २–१ को स्थितिमा ल्याउनुभयो।
त्यसपछि खेलको ८२ औं मिनेटमा प्रिन्स डुबेले गोल गर्दै जिम्बावेलाई २–२ गोलको बराबरीमा ल्याएर हारबाट जोगाउनुभएको हो। जिम्बावेसँग बराबरीमा रोकिएपनि समूह एचको अल्जेरियाले ४ खेलमा १० अंक जोड्यो। अल्जेरिया तालिकाको शीर्ष स्थानमा समेत रहेको छ। जिम्बावे ४ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

images

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १०:२१:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology