Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखामा आमाछोरीलाई कुटेर बेहोस बनाई फरार भएका अभियुक्त पक्राउ

गोरखामा आमाछोरीलाई कुटेर बेहोस बनाई फरार भएका अभियुक्त पक्राउ

इच्छाकामना न्युज

१२, मंसिर २०७८
गोरखामा आमाछोरीलाई कुटेर बेहोस बनाई फरार भएका अभियुक्त पक्राउ
images

गोरखा, १२ मंङ्सिर । गोरखामा ज्यान मार्ने उद्योगका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आरुघाट गाउँपालिका–९ की २७ बर्षकी शर्मिला गुरुङ र उहाँकी ६ बर्षकी छोरी रोशिला गुरुङ बिरुद्ध ज्यान मार्ने उद्योग गरी फरार भएका दिपान्सु कुमार शाहलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

images
images

पक्राउ परेका साहले आरुघाट बजारमा खाजा नास्ता पसल सञ्चालन गर्दै आउनुभएकी गुरुङ र उहाँकी छोरी रोशिलालाई यही कात्तिक २६ गते रातको समयमा जवरजस्ती कोठामा सुती राखेको अबस्थामा साहले ढोका फोडी मरणासन्न हुने गरी कुटपिट गरी फरार भएका थिए । अत्याधिक मादक पर्दाथ सेवन गरी खाजा खाने बाहानमा पसल खोल्न दबाब दिएपनि पसल नखालेपछि उनले कोठाको ढोका फोडेर निर्धात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

भारतको मोतिहारी पूर्वी चम्पारण–२५, रक्सौल घर भएका साह आरुघाट–४, कोखटारमा घर निर्माणको काम गर्दै आएका थिए । नेपाल भारत सिमावर्ती क्षेत्रमा लुकिछिपी बस्दै आएका बेला उनलाई पक्राउ गरी गोरखा ल्याइएको उहाँले जानकारी दिनुभयो । कुटपिटबाट गुरुङ आमाछोरीलाई बेहोस अबस्थामा स्थानीयबासीले उद्धार गरी स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा पु¥याइएको भएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौको ग्रिनसिटी अस्पतालमा पु¥याइएको थियो ।

कुटाइबाट घाइते भएका भएका दुवैजनाको शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेको र केही दिनपछि मात्र होसमा आएको थियो । पक्राउ परेको साहलाई ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको डिएसपी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - २०:३०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology