Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो 

नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो 

सिआईएन

३, मंसिर २०७७
नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो 

काठमाण्डौ, ३ मंसिर । नेकपाभित्रको विवाद समाधान हुने सम्भावना नदेखिएपछि आज बस्ने सचिवालय बैठक अन्यौलमा परेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओली बैठक सार्ने कसरतमा लाग्नु भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्ड बैठक गराउनै पर्ने अडानमा रहनु भएको छ। सचिवालयमा गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने टुंगो भएको थियो। 
अध्यक्ष ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल हिजो अध्यक्ष प्रचण्डको निवास खुमलटार  पुग्नु भएको थियो। तर, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि आज बैठक बस्ने अडान राख्नु भएको उहाँको सचिवालये जनाएको छ। प्रचण्डले बैठक सार्न नमानेपछि अध्यक्ष ओलीले आफूनिकट शीर्ष नेताहरूसँग बालुवाटारमा छलफलगर्नु भएको थियो। आफूनिकट नेताहरुको बैठकमा पार्टी विवादका विषयमा छलफल भएको र विवाद झन बढ्ने देखिएपछि सचिवालय बैठक सार्नुपर्नेमा कुराकानी भएको नेता सुवासचन्द्र नेम्वाङले सीआईएनसँग बताउनुभयो।  उहाँले भन्नुभयो, ‘छलफल गरेर, सहमति गरेर पार्टीलाई एकजुट बनाउनुपर्छ । त्यसो गर्नुको विकल्प छैन। 
यही सन्दर्भमा अहिले जुन सचिवालयको बैठक आज बस्न गइराखेको भनिन्छ, त्यो बैठकको लागि तपाईहरूको सचिवालयको त्यति तयारी पुगिसकेको छ जस्तो लाग्दैन। यस्तो अवस्थामा बैठक बसेर समस्या झन बल्झिएला। त्यसैले बैठकलाई केहीदिन स्थगित गरेर अनि त्यो समयमा दुईटा अध्यक्षको बीचमा सहमतिको आधार तयार गरेर अगाडी बढ्दा राम्रो हुन्छ भन्ने सुझाव उता खुमलटार अध्यक्षलाई पनि राखियो, बालुवाटार अध्यक्षलाई पनि राखियो।’  पार्टी विवादका विषयमा लिखित रुपमै आरोप पत्यारोप भएपछि ध्रुवीकरण झन बढेको छ। 
नेकपा विवाद दुर्घटनातर्पm उन्मुख भइरहेको वेला राष्ट्रपतिको सक्रियता र चिनियाँ चासो बढेको छ। राजदूत होउ यान्छीले गएराति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गर्नु भएको छ। बालुवाटारमा राती ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको थियो। १७ वैशाखमा नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमा नेपाल, झलनाथ खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो। राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरिसक्नु भएको छ। 
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव प्रस्तुत भएपछि उत्कर्षमा पुगेको विवाद व्यवस्थापन गर्न राष्ट्रपति विद्या भण्डारी पनि अघि सर्नु भएको छ। उहाँले गएराती शीतल निवासमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नु भएको छ। हिजै साँझ शीतल निवासमा नेकपा अध्यक्ष प्रचण्डसँग दुई घन्टाभन्दा लामो छलफल गर्नु भएको थियो। राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्नु भएको थियो। पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पु¥याएर नयाँ दल बनाउने ओलीको प्रयास जारी रहेको प्रचण्ड–नेपालपक्षको आरोप छ । तर, त्यसका लागि विद्यमान कानुन बाधक छ । 
अहिलेको कानुनअनुसार संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ । राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत सावित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको बताइएको छ । 

images

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०९:५०:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology