Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राप्रपा महाधिवेशन : तानातानमा विक्रम पाण्डे, थापा र लिङ्देन दुवै प्यानलमा उम्मेदवार

राप्रपा महाधिवेशन : तानातानमा विक्रम पाण्डे, थापा र लिङ्देन दुवै प्यानलमा उम्मेदवार

इच्छाकामना न्युज

१६, मंसिर २०७८
राप्रपा महाधिवेशन : तानातानमा विक्रम पाण्डे, थापा र लिङ्देन दुवै प्यानलमा उम्मेदवार
images

चितवन, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे तानातानमा परेका छन् । पार्टीको जारी एकता महाधिवेशनमा अध्यक्षका आकाक्षीहरू कमल थापा र राजेन्द्र लिङ्देन दुवैले उनलाई लिएर टिम बनाएका छन् । दुवै अध्यक्षका आकांक्षीहरूले पाण्डेलाई आ–आफ्नो प्यानलबाट उपसभापतिमा नाम राखेका छन् ।

images
images

पूर्व भुमिसुधार मन्त्रीसमेत रहेका पाण्डेले आफू कुन समूहमा हो भन्ने खुलाएका छैनन् । थापा निकट एक नेताले पाण्डे आफूहरूको प्यानलबाट उमेदवार भएको दाबी गरे । उनले बुधबार राती पाण्डेले आफूहरूसँग बसेर प्यानलमा चुनाव लड्ने बचन दिएको ती नेताले बताए ।

“हिजोराति हामीले टिम बनाउँदा उहाँ पनि सँगै हुनुहुन्थ्यो । उहाँसँगको परामर्श सल्लाह र अनुमतिमै उहाँको नाम हामीले राखेका हौँ,” ती नेताले भने । यता, लिङ्देन समूहले पनि पाण्डे आफूहरूसँग भएको दाबी गरेको छ । “उहाँसँग परामर्श गरेरै हामीले नाम उपाध्यक्षमा राखेका हौँ,” लिङ्देन समूहका नेता एक नेताले भने ।

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - २१:४५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology