Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कांग्रेस गण्डकीमा पौडेल समूहको वर्चश्व, पदाधिकारीमा संस्थापनबाट एक जनामात्रै

कांग्रेस गण्डकीमा पौडेल समूहको वर्चश्व, पदाधिकारीमा संस्थापनबाट एक जनामात्रै

इच्छाकामना न्युज

१९, मंसिर २०७८
कांग्रेस गण्डकीमा पौडेल समूहको वर्चश्व, पदाधिकारीमा संस्थापनबाट एक जनामात्रै
images

पोखरा, १९ मंसिर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा पौडेल पक्षले कब्जा जमाएको छ । यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएका छन् । सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी भए । शर्माले ६ सय १२ मत पाउँदा संस्थापन पक्षका अर्जुन ५ सय २८ मत मात्रै पाए ।

images
images

उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भएका छन् । संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित भएका छन् । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी भएका हुन् ।

तिवारीको ६२४ मत आउँदा दोस्रो बनेका श्रेष्ठको ५५६ मत छ । तेस्रो बनेका हरिको ५४८ तथा अन्तिम भएका नेताको ४५७ मत आएको छ ।

महामन्त्रीमा अन्तिम अवस्थामा विष्णु लामिछानेले लिड गर्दै देउवा पक्षका उम्मेद्वारलाई हराए । पहिलोमा किरणबावु श्रेष्ठले ५७३ मत र दोस्रो बनेका विष्णुको ५६७ मत आएको छ । तेस्रोमा कुमार खड्काको ५५६ र चौंथो भएका इश्वर पाण्डेको ४७३ मत आयो । ११ सय मत गन्दा दोस्रोमा कुमार खड्का थिए ।

सहमहामन्त्रीका पनि सबै पदमा पौडेल पक्षले जितेको छ । महिला सह महामन्त्रीमा कोपीला रानाभाट ५५२ मत सहित विजयी हुँदा संस्थापन पक्षकी ओमकला गौतम ४८८ मत सहित पराजित भइन् ।

खुला सहमहामन्त्रीमा रमेश कुमार सर्वाधिक भोट ल्याएर विजयी भएका छन् । उनले ६१८ मत पाएका हुन् । ५६९ मत ल्याएर दोश्रो हुँदै रामचन्द्र जोशी पनि विजयी भएका छन् ।

संस्थापन पक्षका झुलबहादुर आलेले ४८८ र राजराज पन्तले ४३१ मत पाए । गोरखाबाटै राजनको वागी उठेका युवराज बस्ताकोटीको ९२ मत छ ।

सदस्यहरुमा पनि पौडेल पक्ष नै अगाडि छ । अहिलेसम्म ३ सयमात्रै मत गणना भएको निर्वाचन कमिटीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ०८:३१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology