Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाल प्रिमियर लिग आयोजना गर्न भारतीय कम्पनीले दिने क्यानको प्रस्तावमा चौतर्फी विरोध

नेपाल प्रिमियर लिग आयोजना गर्न भारतीय कम्पनीले दिने क्यानको प्रस्तावमा चौतर्फी विरोध

इच्छाकामना न्युज

४, मंसिर २०७७
नेपाल प्रिमियर लिग आयोजना गर्न भारतीय कम्पनीले दिने क्यानको प्रस्तावमा चौतर्फी विरोध

काठमाडौं, ४ मङ्सिर । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रीमियर लीग (एनपीएल) टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनीलाई १० वर्षका लागि ठेक्कामा दिने गरेको प्रस्तावको चौतर्फी बिरोध सुरु भएको छ ।

images

बुधबार बसेको क्यानको वार्षिक साधारणसभामा भारतीय कम्पनीलाई १० वर्षसम्म ठेक्कामा संचालन गर्न दिने प्रस्ताव गरिएको थियो । सो प्रस्तावको अहिले सामाजिक संजालमा कडा बिरोध भइरहेको छ ।

क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको हो ।

सो प्रस्तावको साधारणसभामै पूर्वकप्तान एवं बारा प्रतिनिधि पवन अग्रवाल, प्रदेश ३ अध्यक्ष राजु बस्नेत लगायतले बिरोध जनाएको छ भने एनपीएल १० वर्षका लागि ठेक्कामा दिनु घातक हुने धारणा राखेका छन् ।

क्यानको प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड क्रिकेट संघलाई बुझाउनेछ । र, क्रमशः बढाएर १० वर्षमा करिव ४० करोड बुझाउनेछ ।

तर प्रस्तावित भारतीय कम्पनीले अहिलेसम्म ठूलो खेल प्रतियोगिता आयोजना गरेको रेकर्ड भने छैन । सो प्रस्तावको क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले पनि बिरोध जनाएकी छन् ।

उनले लेखेकी छन्–‘एनपिएल क्यानले नै गर्नुपर्छ, यसमा दुविधा भएन, तर भारतीय कम्पनीलाई दिनु गद्धारी हो । हामी सक्षम छौं, राष्ट्रिय खेलकुद परिषद्को ब्रोडकास्टिङ राइट्सको कथा नदोहोरियोस् ।’

सामाजिक संजालमा क्रिकेट समर्थकहरुले पनि क्यानको यो प्रस्तावको कडा रुपमा बिरोध भइरहेका छन् । उनीहरुले निजी संस्थाहरुले इपिएल, पीपीएल, डीपीएल, सीपीएललगायतका प्रतियोगिता गर्न सक्ने अवस्थामा नेपाली क्रिकेटको सर्वोच्च निकायले आँट गर्न नसक्नु लज्जास्पद रहेको भन्दै बिरोध जनाएका छन् ।

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०८:३१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology