Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग खेल्ने पक्का

क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग खेल्ने पक्का

इच्छाकामना न्युज

४, मंसिर २०७७
क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग खेल्ने पक्का
images

काठमाडौं, ४ मङ्सिर । नेपालका लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको छ । होबार्टले आज (बिहीबार) आफ्नो फेसबुक पेजबाट सन्दीपको तस्विर सार्वजनिक गर्दै टिममा आवद्ध भएको घोषणा गरेको हो ।

images
images

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी गरेका थिए । अन्ततः होबार्ट हरिकेन्सले उनले लिने निधो गरेको छ । सन्दीपले बिग ब्यासको सुरुवाती खेल भने गुमाउने छन् । उनी नेपालबाट बिग ब्यास लिग खेल्ने डिसेम्बर दोस्रो साता अष्ट्रेलियातर्फ जानेछन् ।

बिग ब्यास आगमी डिसेम्बर १० देखि सुरु हुने छ । अष्ट्रेलिया सरकारको कोरोना नियम अनुसार दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग खेल्ने छ । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सन्दीपले कम्तिमा चार खेल गुमाउने छन् ।

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०८:४६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology