Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

काेरानापछि हराउँदै हाटबजार

काेरानापछि हराउँदै हाटबजार

न्युज कारखाना

३, पौष २०७८
काेरानापछि हराउँदै हाटबजार
images

प्रकाश पाक्साँवार, तेह्रथुम, ३ पुस । केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्ताे हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलाे बन्ने गर्थे । किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो । गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएकाे थियो ।

images
images

तर, केही समययता जिल्लाका ६ वटै पालिकामा हटियाहरू हराउँदै गएका छन् । जिल्लाकै चर्चित छथर शनिश्चरे हाटसमेत कोरोनाका कारण दुई बर्षदेखि बन्द छ । जिल्लाको विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला पाँचथर र धनकुटाका गाउँबाट समेत याे हाट भर्न सर्वसाधारणा आउँथे । तर, पछिल्लो समय हाट नै लाग्न छाडेपछि यहाँका स्थानीय उत्पादनसमेत बिक्रीमा हुन छाडेकाे स्थानीय मानबहादुर लिम्बूले बताए । उनी भन्छ्न्, ‘कुनै बेला निक्कै नाम चलेको बजार हो शनिश्चरे हाट । हरेक शनिबार हाट लाथ्यो । हामीले फलाएका फलफूल र तरकारी बिक्री गर्न टाढा जानु पर्दैनथ्यो । अझ गाउँमा पाहुना आउँदा यही हटियाबाट मासु किनिन्थ्यो । तर, कोरोनाका कारण हाट नै लाग्न छाडेपछि न यहाँका उत्पादन बिक्री हुन्छन् न त आवश्यक परेको सामग्री नै किन्न पाइन्छ ।’

द्धन्द्धकालमा जिल्लाका कहलिएका केही मेला विस्थापित भएका थिए । अहिले त ऐतिहासिक मेलाहरू नाममा मात्रै सिमित बनेका छन् । कुनै समय मानिसले खचाखच हुने हटिया यतिबेला सुनसान बनेका छन् । गाउँमा सडक सञ्जालहरू जोडिएसँगै घरघरैबाट सामान ओसारपसार गर्दा पनि हटियामा असर परेको हाे । गाउँमा रहेका हटियाहरू नागरिकको लागि भने आवश्यक रहेको स्थानीय मदन फुयाँलले बताए । गाउँमा फलाएका थोरबहुत फलफूल, तरकारी, खाद्यन्य खरिदबिक्रीका लागी हटिया लगाउनु पर्ने फुयाँलको भनाइ छ ।

जिल्लाका विभिन्न स्थानमा हरेक बार जसाे हटिया लाग्दै आएका थिए । सर्वसाधारणाले स्थानीय सरकार आएपछि त हटिया अझै व्यवस्थित हुन्छन् हाेला भन्ने आशा गरेका थिए । तर, कोरोनाका कारण हटिया नै बन्द भएपछि निराश बनेका छन् । करिब आघा घण्टाको पैदल दुरीमा लाग्ने गरेका हटियाहरू बन्द भएपछि घण्टौ लामो यात्रा गरेर सामग्री बिक्री गर्नु पर्नै बाध्यता आएकाे स्थानीयकाे भनाइ छ । 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १६:३३:४९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology