Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राप्रपाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई गृह जिल्ला चितवनमा भव्य स्वागत

राप्रपाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई गृह जिल्ला चितवनमा भव्य स्वागत

राप्रपाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई गृह जिल्ला चितवनमा भव्य स्वागत
images

चितवन, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले हालसालै पार्टीको अधिवेशनमा निर्वाचित पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डलाई चितवनमा स्वागत गरेको छ ।

images
images

आज चितवनको पार्टी कार्यालयको आफ्नै भवनमा राप्रपाको एकता महाधिवेशमा सर्वाधिक मत प्राप्त गरी उपाध्यक्षमा विजय भएका पाण्डेलाई स्वागत तथा सम्मान गरेको हो ।

नव निर्वाचित पाण्डेको चितवन क्षेत्र नं ३ निर्वाचन क्षेत्र पनि हो । कार्यक्रममा ऋषिबाबु परियारले चितवनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाइ दिएका छन् । उनले आउने निर्वाचनमा अध्यक्ष पाण्डेलाई राष्ट्रको उच्च स्थानमाा पु¥याउन चितवनका कार्यकर्तालाई मेहनतका साथ काम गर्न आग्रह गरे ।

वागमती प्रदेश सांसद तथा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित रिना गुरुङले सर्वाधिक मत दिएर उपाध्यक्षमा वरिष्ठ नेता पाण्डेलाई विजयी गराएकोमा सम्पूर्ण निर्वाचन प्रतिनिधिलाई धन्यवाद दिइन् । सासंद गुरुङले अब गाउँगाउँमा राष्ट्रवादको झण्डा फहराउने भन्दै उनले चितवन सुगतिमा लाग्ने बताइन् । साथै उनले हरेक कार्यकर्ताको अमूल्य मतको कदर गर्ने बाचा गरेकी छन् ।

यस्तै राप्रपा अपाङ संघका केन्द्रीय अध्यक्ष भरतमणि भट्टले सेतो छडी बिना सन्तुलित विकासको अवधारणा पूरा नहुने बताए । उनले आँखाको ज्योति कमजोर भए पनि इच्छा तत्परताका कारण सबल र सक्षम रहेको बताए ।

त्यसैगरी आज नै भरतपुरको चनौलीमा पाण्डेलाई सम्मान तथा स्वागत गरिएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १८:२१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology