Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फकियो 

बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फकियो 

इच्छाकामना न्युज

४, मंसिर २०७७
बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फकियो 
images

काठमाण्डौ, ४ मंसिर । बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय टिम आज स्वदेश फर्किएको छ। कात्तिक २८ र मंसिर २ गते ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको नेपाली टिम स्वदेश फर्किएको हो। 
पहिलो खेलमा २–० गोलले हारेको नेपालले बंगलादेशसँग दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो। टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी त्रिभुवन विमानस्थलमा स्वागत गरे। नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो। 
यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । 

images
images

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १८:३४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology