Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवनका गुरूङ समुदायले भव्य रुपमा मनाए तमू ल्होसार

चितवनका गुरूङ समुदायले भव्य रुपमा मनाए तमू ल्होसार

इच्छाकामना न्युज

१६, पौष २०७८
चितवनका गुरूङ समुदायले भव्य रुपमा मनाए तमू ल्होसार
images

चितवन, १६ पुस । बिहीबार गुरूङ समुदायले धुमधामका साथ तमू ल्होसार पर्व मनाएका छन् । चितवनका विभिन्न गुम्बा तथा गुरूङ बस्तीहरूमा ल्होसार पर्व मनाइएको हो। पुस १५ का दिन विशेष गरी गुरूङहरूको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले महाबौद्ध गुम्बा तीनखोलेमा बृहत् कार्यक्रम आयोजना गरेर यस पर्व मनाउने गर्दछ।

images
images

गतवर्ष कोरोना भाइरस जोखिमका कारण ल्होसार पर्व मनाउन नपाएका चितौने गुरूङहरूले यसवर्ष भने खुसीयाली साटासाट गरेर हर्सोल्लासका साथ ल्होसार मनाएका हुन्। १२ वटा जीवजन्तुको नाममा स्थापित वर्ग चक्रमध्ये यसवर्ष गाई वर्ग (ल्वों ल्हो)लाई बिदाइ तथा बाघ वर्ग ९तो ल्हो०लाई स्वागत गरेर ल्होसार मनाइएको तमू ह्युल छोँज धीं चितवनका अध्यक्ष गणेशबहादुर गुरूङले बताए।

प्रतियोगितामा नृत्यमा भतेरी बिजयी

ल्होसारको अवसरमा हरेक वर्ष नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनले सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। यसवर्ष पनि तमू विद्यार्थीले नै सांस्कृतिक कार्यक्रमको संयोजन गरेको थियो। विद्यार्थीले संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।

सो अवसरमा आयोजित प्रतियोगितामा भतेरी युथ क्लब भरतपुर–२९, जुगेडीले प्रथम स्थान हासिल गरेको छ। कुल १२ समूह सहभागी भएको उक्त कार्यक्रममा भरतपुर–२, रामकृष्ण टोल द्वितीय र भरतपुर–७, प्रेमबस्ती इकाइ तृतीय हुन सफल भएको छ। बिजेता समूहलाई क्रमशः दस हजार, सात हजार र पाँच हजारका दरले पुरस्कृत गरिएको नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष कविन गुरूङले जानकारी दिए।

यस्तै दुई समूहलाई भने सान्त्वना पुरस्कार प्रदान गरिएको उनले बताए। कालिका नगरपालिका वडा नं.७ स्थित सगुन टोल र भरतपुर–७ मस्र्याङ्दी टोलस्थित गुराँस तमू युवा समाजलाई सान्त्वना पुरस्कार बापत नगद दुई र दुई हजारका दरले पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरूङले बताए।

 

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १४:३८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology