Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले ‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ लागू 

सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले ‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ लागू 

इच्छाकामना न्युज

५, मंसिर २०७७
सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले ‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ लागू 
images

काठमाण्डौं, ५ मंसिर
मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्ने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 
विभागले ओटिएमएसको माध्यमबाट यातायात सेवा प्रदायकले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायलाई थप सहजता प्रदान गर्ने विश्वास लिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले सीआईएनलाई जानकारी दिनुभयो । 
सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको अनलाइन टिकट खरिद विक्रि निर्देशिका लागू गरिसकेको छ ।

images
images

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - ०८:४८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology