Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेम गुरूङ सर्वसम्मत निर्वाचित

नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेम गुरूङ सर्वसम्मत निर्वाचित

इच्छाकामना न्युज

२४, पौष २०७८
नेकपा एमाले गोरखाको अध्यक्षमा प्रेम गुरूङ सर्वसम्मत निर्वाचित
images

गाेरखा, २४ पुस । नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सुरू भएकाे सातौ जिल्ला अधिवेशनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उनी नेकपाकालमा सचिव थिए भने एमालेकाे छैटौं अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।

images
images

उपाध्यक्षमा यसअघिका जिल्ला सचिव कृष्ण नेपाली सर्वसम्मत चयन भएका छन् । सचिवमा काजीराम रोका, उपसचिवहरुमा तिनजनाकाे उम्मेदवारी परेसंगै निर्वाचनमा जाने भएकाे छ । उपसचिवमा राजन गुरुङ, सुरेशबाबु श्रेष्ठ र विशाल थापाकाे उम्मेदवारी परेकाे छ । उम्मेदवारी परेसंगै भाेली विहान उपसचिवमा निर्वाचन हुने निर्वाचन समितिले जनाएकाे छ ।

सदस्यहरुमा जनकराज भट्ट, इश्वर रेग्मी, खिलबहादुर राना, चित्र खड्का, रामहरि केशी, भीमबहादुर बोगटी, सुष्मा रोकाहा, धनेन्द्र धमला लगायत ३० जना सर्वसम्मत चयन भएकाे एमालेले जनाएकाे छ ।

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - १९:२५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology