Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या एक लाख ९३ हजार तीन सय २५ पुग्यो 

नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या एक लाख ९३ हजार तीन सय २५ पुग्यो 

इच्छाकामना न्युज

६, मंसिर २०७७
नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या एक लाख ९३ हजार तीन सय २५ पुग्यो 
images

काठमाण्डौं, ६ मंसिर
  नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या एक लाख ९३ हजार तीन सय २५ जना पुगेको छ।
गएको २४ घण्टामा दुई हजार तीन सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको हो।  
त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ । शनिबार थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७४ जनामा सङ्क्रमण देखिएको हो । 
अब नेपालमा २४ हजार नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 
त्यस्तै गएको २४ घण्टामा थप सात सङ्क्रमितको ज्यान गएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय पाँच पुगेको छ।  

images
images

images
प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १९:५२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology