Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राजा वीरेन्द्रको परिवार बस्ने श्रीसदन सर्वसाधारणका लागि खुला

राजा वीरेन्द्रको परिवार बस्ने श्रीसदन सर्वसाधारणका लागि खुला

इच्छाकामना न्युज

६, मंसिर २०७७
राजा वीरेन्द्रको परिवार बस्ने श्रीसदन सर्वसाधारणका लागि खुला
images

काठमाण्डौं, ६ मंसिर
 राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास श्रीसदन  सर्वसाधारणका लागि खुला गरिएको छ ।
नारायणहिटी दरबार संग्रहालय विकास समितिका अनुसार राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर ‘श्री सदन’ आज शुभारम्भ गर्दै भोलिबाट सर्वसाधारणका लागि खुला गरिने भएको हो ।
२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएदेखि श्री सदन बन्द छ । तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा श्री सदन भवन निर्माण गरिएको थियो ।
युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट श्रीसदन सरेका थिए । तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिल र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदन सरेका थिए ।
आइतबारदेखि ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत सर्वसाधरणले अवलोकन गर्न पाउने गरी खुला हुने बताइएको छ । श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् ।
रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् । मोटर ग्यारेजमा हिटलरले राजा त्रिभूवनलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ ।

images
images

यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - २१:०६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology