Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

दुई दानविरद्वारा कुरिनटारको सर्वशान्ति माविलाई जग्गादान

दुई दानविरद्वारा कुरिनटारको सर्वशान्ति माविलाई जग्गादान

इच्छाकामना न्युज

३०, पौष २०७८
दुई दानविरद्वारा कुरिनटारको सर्वशान्ति माविलाई जग्गादान
images

कुरिनटार, ३० पुस ।  चितवनको इच्छाकामना ४ कुरिनटारमा अवस्थित सर्वशान्ति मावि कुरिनटारका लागि दुई जनाले जग्गा दान गरेका छन् । चितवनको इच्छाकामना ४ का कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवाल र व्यवसायी स्थानीय समाजसेवी ऋषिराम सिलवालले जग्गा दान गर्नुभएको हो । 

images
images

मुक्तिनाथ सिलवालले १० धुर र ऋषिराम सिलवालले साढे ६ धुर जग्गा दान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सिलवालले जानकारी दिनुभयो । विद्यालय हाताभित्र रहेको उहाँहरुको जग्गा विद्यालयले उपभोग गर्दै आएका थिए । बिहिबार विद्यालयको नाममा जग्गा पास गरिएको हो ।

 

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - ०९:२७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology