Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कोरोना भाइरस संक्रमितको संख्या बढेपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू 

कोरोना भाइरस संक्रमितको संख्या बढेपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू 

एजेन्सी

७, मंसिर २०७७
कोरोना भाइरस संक्रमितको संख्या बढेपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू 
images


काठमाण्डौं, ७ मंसिर
अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू लगाइएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढेपछि क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू लगाइएको हो। डिसेम्बर २१ सम्म रहने गरी कर्फ्यू जारी गरिएको हो । आवश्यकता अनुसार यसलाई बढाउन सकिने त्यहाका अधिकारीहरुले बताएका छन् ।

images
images

क्यालिफोर्नियामा दश लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या टेक्सासपछिको धेरै हो । धेरै राज्यहरुमा मास्कलाई अनिवार्य बनाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरेपनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो २४ घण्टामा अमेरिकामा अहिलेसम्मकै धेरै १ लाख ८७ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा अहिले दैनिक २ हजार मानिसको कोरोना संक्रमणवाट मृत्यु भैरहेको छ । यो संख्या जुन यताको उच्च हो ।

अमेरिकाभर हालसम्म १ करोड २४ लाख ५० भन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २ लाख ६१ हजार ७ सय नाघेको छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०९:१६:३३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology